एजेन्सी, फागुन २७
कानुनी या आफन्तको झमेलामा शवको अन्तिम दाहसंस्कार कर्म गर्न लाग्दा रोक्नु परेका केही घटनाहरु त छन् । तर मौरीले शव जलाउन नदिएर रोक्नु परेको घटना भनें अनौठो हो । यस्तो घटना भारतको राजस्थान राज्यको सीकर जिल्लामा भएको हो ।
गाउँकै एक ८० वर्षीय माधो सिंह शेखावतकोे दाहसंस्कार गर्न सीकर जिल्लाको श्रीमाधोपुर क्षेत्रको कञ्चनपुर गाउँमा श्मसान घाटमा पुगेका मलामीमाथि मौरीले शव जलाउन रोक्दा शवलाई चितामै छाडेर भाग्नु परेको छ । मौरीले आक्रमण गरेर सबै मलामी तितर वितर हुँदा घण्टौँपछि हेलमेट र पुरा शरीर ढाक्ने कपडा लगाएर केही मलामी फर्किएर अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नजिकै रहेको पिपलको रुखमा बसेका मौरीको हमलाबाट कम्तीमा २५ जना घाइते भएको बताइएको छ । तीमध्ये १५ जना सख्त छन् ।
तस्वीर : पञ्जाव केशरी









