विराटनगर, फागुन २८
स्वतन्त्र विद्यार्थीको निर्वाचनमा उम्मेदवार सम्बन्धी असन्तुष्टि जनाउँदै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले आज दिउँसो आगजनी गरेको छ ।
नेविसंघले आधिकारिक सङ्गठनको मान्यता देउवा समूहका प्रज्जवल विष्टसहितलाई दिएपछि शेखर कोइराला समूहका सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वले आक्रोस प्रकट गर्दै आगजनीमा उत्रिएको उल्लेख छ ।
१२/१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।
आगलागीका कारण निर्वाचन सम्बन्धीका कागजपत्र जलेको छ । प्रहरीले केही समयपछि त्यहाँको ताला फोडेर अधिकारीलाई मुक्त गरेको छ ।










