पाकिस्तानमा रेल अपहरण गरी सुरक्षाकर्मीसहित १० जनाको हत्या

एजेन्सी, फागुन २८
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले एउटा रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको छ ।

 

पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको क्वेट्टाबाट पेशावर शहर जाँदै गरेको जाफर एक्सप्रेसका रूपमा चिनिने नौ डिब्बा रहेको ४ सय ५० यात्रु बोकेको रेललाई लडाकुहरूले मंगलबार दिउँसो एउटा सुरुङमा पुगेपछि नियन्त्रणमा लिएका थिए ।

 

गोलाबारी गरी मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी र एकजना रेल्वे चालक रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिनु भएको सञ्चारमाध्यम सीएनएनले जनाएको छ । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ । लडाकुहरूले महिला र बच्चाहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको कारकका रुपमा बीएलए पृथकतावादी समूह रहेको उल्लेख छ ।

 

 

यसैबीच रेलमा रहेका यात्रुलाई विद्रोही समूहको नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा