कमलको पञ्चकन्या विद्यालयमा डीपीएलको शैक्षिक सामग्री

दमक, फागुन २८
‘पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु–संस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यका साथ डाइनामिक पब्लिक लाइब्रेरी (डीपीएल) दमक र डीपीएल दमक टिन्सको आयोजनामा कमल ६ स्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

 

स्व. अजय पराजुलीको जन्मदिनको सम्झनामा स्वेता घिमिरेको सौजन्यमा स्थानीय पञ्चकन्या प्राथमिक विद्यालयमा कापी, डटपेनसहितका शैक्षिक सामग्री वितरण गरिएको दमक शाखाका अध्यक्ष अश्विन तिम्सिनाले जनाउनु भयो । शिक्षा नै उज्ज्वल भविष्यको आधारशिला हो भन्ने विश्वासका साथ, आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू गर्दै जाने अध्यक्ष तिम्सिनाले उल्लेख गर्नुभयो । ।

संस्थाकालागि महासचिव पर्वत बस्नेतले मुख्य रुपमा आयोजना  गरेको तथा अध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डीपीएल दमक पूर्व अध्यक्ष तथा डीपीएल राष्ट्रिय टिम महासचिव गुणराज गिरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक