चुलाचुली बोर्डिङले गर्‍यो एसईई दिने विद्यार्थीको विदाई

दमक, फागुन २९
झापाको दमक १ स्थित चुलाचुली इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलले एसईईको ३५ औं व्याचका विद्यार्थीलाई बिहीबार एक कार्यक्रमकाबीच विदाई गरेको छ ।
विद्यालयका संस्थापक निर्देशक मनोजकुमार राईले विद्यालयको सफलताको यात्रासहित विद्यार्थीहरुलाई शुभकामना दिनु भयो ।

 

कार्यक्रमका अध्यक्ष संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले उत्कृष्ठ अंक ल्याएर विद्यालयको नाम समेत अघि बनाउनकासाथै विद्यार्थीको उज्वल भविष्यको कामना   गर्नुभयो ।

 

सो अवसरमा विद्यालय शिक्षक शारदा राईले विदाई मन्तव्य व्यक्त गर्दै सफता प्राप्त गर्नकालागि संघर्ष आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुभयो ।
विदाई हुनुपरेका विद्यार्थीहरुले विद्यालयप्रति अगाध सम्मान गर्दै धन्यवाद र आभारसहितको मन्तव्य व्यक्त गरेका छन् ।

 

कार्यक्रममा यस शैक्षिक शत्रमा शतप्रतिशत उपस्थिती जनाउने छात्रछात्रालाई पुरस्कृत समेत गरियो । सदन क्याप्टेन, कक्षा क्याप्टेन र विद्यालय क्याप्टेन विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

 

संस्थापक निर्देशक मनोजकुमार राई र संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले  एसईई २०८१ मा सहभागि हुने ८१ जनालाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले आकर्षक नृत्यका साथै गायन समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाएका थिए । कक्षा ९ का छात्राहरु कञ्चन श्रेष्ठ र अन्सु कुरुङवाङले कार्यक्रमको सञ्चालन गर्दै विदाई कार्यक्रममा शिक्षक र विद्यार्थीबीचको भावनात्मक सम्बन्धलाई जोड्नु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक