दमक, चैत ३
अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको माहोल तातेको छ । केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
पछिल्लो विवरण अनुसार अहिलेसम्म अनेरास्ववियुले ४० वटा क्याम्पसमा निर्विरोध स्ववियू सभापति जितेको छ ।
जसमा कोशी प्रदेशबाट ५, बागमती प्रदेशबाट १२,गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा ९ र कर्णाली प्रदेशमा १ गरी ४० वटा क्याम्पसमा अनेरास्ववियूले सर्वसम्मत नेतृत्व लिएको छ ।
अन्य क्याम्पसमा चैत ५ गते चुनाव हुदै छ ।










