दमक, चैत ३
पाँचौ एपिक नेपाल म्यूजिक अवार्ड २०८१ मा झापाको दमक निवासी सृष्टिना क्षेत्रीले वेष्ट मोडलको उपाधि जित्नु भएको छ ।
एपिक नेपाल म्यूजिक प्रालिले आयोजना गरेको प्रतियोगितामा उहाँले नृत्य मार्फत वेष्ट मोडलको अवार्ड प्राप्त गर्नु भएको हो ।
दमकको चुलाचुली अग्रेजी माद्यमिक विद्यालयबाट एसईई उतीर्ण गरी दमककै ग्लोवल एजुकेशनल एकेडेमीबाट प्लस टु सकेर स्नातक अध्ययनकालागि उहाँ काठमाडौ बस्दै आउनु भएको थियो ।
सानै उमेर देखि मोडलिङको क्षेत्रमा रुचि राख्ने क्षेत्रीले अहिलेसम्म एक दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसक्नु भएको छ । ४ वर्षदेखि निरन्तर मोडलिङ क्षेत्रमा लाग्नु भएकी उहाँले यही क्षेत्रमा आफ्नो भविष्य बनाउने योजनामा रहेको समेत बताउनु भयो ।
२३ वर्षीया क्षेत्री सहित सर्वोत्कृष्ट श्रष्टा, सर्जक र कलाकारहरुलाई अर्वाड प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ कलाकारमा बसुन्धरा भुषाल, बरिष्ठ संगीतकारमा सम्भुजित बास्कोटा, सदाबहार नायक भुवन केसी, पत्रकार ऋषि धमला, अभिनेता पूर्ण बिक्रम शाह (पल) रहनु भएको छ ।
कार्यक्रम भक्तपुरस्थित निगुपुखु पोखरीमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी लेखिका राधिका शाक्य रहनु भएको थियो ।









