जोखिम बढाउँदै बजार

दमकको सब्जी मण्डी असुरक्षीत, अधिकांस ब्यापारीले मास्कनै लगाउँदैनन् (भिडियो सहित)

दमक/
दमकको मुख्य सब्जी मण्डी कोभिडको उच्च जोखिम स्थान बनेको छ । यहाँ तरकारी किन्न आउनेहरुले बरु मास्क लागएको देखियो । तर बेच्नेहरुले पनि कुनै सावधानी अपनाइएका छैनन् । प्राय कोहि पनि पसलेले यहाँ मास्क लगाएका छैनन् । बजारमा आउने ग्राहक भन्दा पनि ब्यापारीका कारण कोरोनाको जोखिम बढेको प्रष्ट देख्न सकिन्छ ।

सब्जी मण्डीको पूर्वपट्टीको गेटबाट छिर्ने बित्तीकै आउने सब्जी पसल हेमन दाहालको रहेछ । उहाँलाई हामीले मास्क किन नलगाउनु भएको भनेर सोधेपछि हतार हतार मास्क झिकेर लगाउनु भयो । मास्क लगाउँदै भन्नु हुन्छ ‘ तरकारी पसलमा धुलो धेरै उड्छ , भीड हुन्छ , एकैछिनमा फोहोर भइहाल्छ , फेरेको फेरै गर्नु पर्ने झण्डझटले मास्क लगाएर बस्न अप्ठ्यारो हुन्छ । ’ मास्क लागउँदाको सास्तीका बारेमा बताउनु भएका दाहालले मास्क नलगाउँदाको जोखिमका बारेमा पनि जान्नु भएको चाहि रहेछ । तर काम गर्न अप्ठ्यारो हुने भएकोले नियमीत मास्क नलगाएको स्विकार गर्नु भयो ।


दाहालले मात्र होईन । यहाँ अधिकांस सब्जी ब्यापारीले मास्क लगाएका छैनन् । जसले गर्दा दमकको सब्जी मण्डी कोरोनाको अर्को उच्च जोखिम स्थल बन्न सक्ने देखिएको छ ।
भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको