जोखिम बढाउँदै बजार

दमकको सब्जी मण्डी असुरक्षीत, अधिकांस ब्यापारीले मास्कनै लगाउँदैनन् (भिडियो सहित)

दमक/
दमकको मुख्य सब्जी मण्डी कोभिडको उच्च जोखिम स्थान बनेको छ । यहाँ तरकारी किन्न आउनेहरुले बरु मास्क लागएको देखियो । तर बेच्नेहरुले पनि कुनै सावधानी अपनाइएका छैनन् । प्राय कोहि पनि पसलेले यहाँ मास्क लगाएका छैनन् । बजारमा आउने ग्राहक भन्दा पनि ब्यापारीका कारण कोरोनाको जोखिम बढेको प्रष्ट देख्न सकिन्छ ।

सब्जी मण्डीको पूर्वपट्टीको गेटबाट छिर्ने बित्तीकै आउने सब्जी पसल हेमन दाहालको रहेछ । उहाँलाई हामीले मास्क किन नलगाउनु भएको भनेर सोधेपछि हतार हतार मास्क झिकेर लगाउनु भयो । मास्क लगाउँदै भन्नु हुन्छ ‘ तरकारी पसलमा धुलो धेरै उड्छ , भीड हुन्छ , एकैछिनमा फोहोर भइहाल्छ , फेरेको फेरै गर्नु पर्ने झण्डझटले मास्क लगाएर बस्न अप्ठ्यारो हुन्छ । ’ मास्क लागउँदाको सास्तीका बारेमा बताउनु भएका दाहालले मास्क नलगाउँदाको जोखिमका बारेमा पनि जान्नु भएको चाहि रहेछ । तर काम गर्न अप्ठ्यारो हुने भएकोले नियमीत मास्क नलगाएको स्विकार गर्नु भयो ।


दाहालले मात्र होईन । यहाँ अधिकांस सब्जी ब्यापारीले मास्क लगाएका छैनन् । जसले गर्दा दमकको सब्जी मण्डी कोरोनाको अर्को उच्च जोखिम स्थल बन्न सक्ने देखिएको छ ।
भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा