दमक, चैत ५
बेलायतको स्थानीय निकायमध्ये सबैभन्दा माथिल्लो तहका रुपमा रहेको ‘केन्ट काउन्टी काउन्सिल’ मा नेपाली समुदायका बच्चुकैलाश कैनी उम्मेदवार बन्नु भएको छ ।
आन्तरिक निर्वाचनमा कैनीले आफ्नो पार्टीका अन्य दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘केन्ट काउन्टी काउन्सिल’ मा उम्मेदवारी पक्का गर्नुभएको हो । बेलायतमा काउन्टी काउन्सिल भनेको संसदभन्दा ठीक मुनिको निकाय हो । काउन्सिलले शिक्षा, स्वास्थ्य र यातायात हेर्छ । कैनी उम्मेदवार बनेको काउन्सिलभित्र १२ वटा जिल्ला र ७२ वटा काउन्सिल छन् ।
कैनी सन् २०१५ मा डार्टफोर्ड डिस्ट्रिक्ट काउन्सिलमा काउन्सिलर निर्वाचित बन्नु भएको थियो । सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीका तर्फबाट सांसद पदको उम्मेदवार भएर पराजित बन्नु भएको थियो । बेलायतमा अहिलेसम्म नेपाली समुदायका व्यक्ति डिस्ट्रिक्ट काउन्सिलमा मात्र पुगेका छन् ।
७२ जनामध्ये जसको बहुत पुग्छ, उसले काउन्सिलको नेता चयन गर्ने र लिडरले क्याबिनेट गठन गर्छ । मेयर पनि लिडरले नै चयन गर्छ ।









