पथरी, चैत ५
मोरङको केराबारी गाउँपालिकास्थित खदम क्याम्पसमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा एमाले निकट अनेरास्ववियुका संगम कन्दङ्वा निर्वाचित बन्नु भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनपछि भएको मतगणनाबाट कन्दङ्वाले ५८ मत प्राप्त गरी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका २८ मत प्राप्त गर्ने सिमान्त लुईंटेललाई पराजित गर्नु भएको थियो । पराजित लुईंटेल भने अघिल्लो पटकका सभापति समेत रहनु भएको थियो ।
९१ जना विद्यार्थी मतदाता रहेको खदम क्याम्पसमा ८७ मत खसेको थियो । कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्देश भण्डारी निर्वाचित बन्नु भयो । सो क्याम्पसमा उपाध्यक्ष, सचिव र सहसचिवमा भने नेविसंघका उम्मेदवार सर्वसम्मत भइसकेका छन् ।










