सिंहबाहिनी माविको रङरोगनमा थप सहयोग जुट्दै

पथरी, चैत ६
मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माद्यमिक विद्यालयलाई हरहिसाबले व्यवस्थित गर्दै गुणस्तरीय शिक्षामा जोड दिन त्यहाँका पूर्व विद्यार्थीहरुले सक्रियता देखाएका छन् ।

 

यस क्रममा विद्यालय भवनको साजसज्जाका लागि रङ उपलब्ध गराउने अभियान अघि बढेको छ । यस क्रममा पछिल्लो पटक पथरी शनिश्चरे ९ रिंगुवा घर भई हाल विदेशमा रहनु भएका पूर्व विद्यार्थी योगेन्द्र खत्रीले ७ हजार ५ सय रुपैयाँ बराबरको ६० लिटर रङ निःशुल्क उपलब्ध गराउनु भएको भूतपूर्व विद्यार्थी सञ्जालका सदस्य ऋषि चम्लागाईंले जनाउनु भयो । विद्यालयको रंगरोगनको व्यवस्थापनमा सञ्जालकोतर्फबाट चम्लागाईंले संयोजन गरिरहनु भएको छ ।

 

यसअघि पथरी शनिश्चरे १० रिंगुवाका पूर्व विद्यार्थी युरो पेन्ट्समा कार्यरत चन्द्र कटुवालले १५ हजार रुपैयाँ बराबरको १ सय लिटर रङ निःशुल्क उपलब्ध गराउनु भएको थियो । यस्तै, हाल कोरियामा रहनु भएका पथरी शनिश्चरे ९ रिंगुवाका पूर्व विद्यार्थी डा. देवेन्द्र आचार्यले रङरोगनकैलागि ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको पनि चम्लागाईंले बताउनु भयो । सबैतिर रङ लगाउन अझै रङ आवश्यक पर्ने भएकाले यसलाई आपसमा सहयोग जुटाउन लागिपरेको चम्लागाईंले उल्लेख गर्नुभयो ।

 

स्थापनाकालदेखि नै विद्यालय परिसरमा शुद्ध पिउनेपानीको समस्यालाई भूतपूर्व विद्यार्थीहरुले यस वर्ष समाधान गरेपछि अब विद्यालय भवनको साजसज्जामा ध्यान गएको छ ।

 

सञ्जालले विशेष गरी विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोष निर्माणको योजना बनाएको सञ्जालका अध्यक्ष राजकुमार नाछिरिङ राईले बताउनु भयो । संस्थालाई नगरपालिका कार्यालयमा विधिवत दर्ता गर्न विधान निर्माणको काम अघि बढाइएको पनि उहाँले जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।