स्ववियु निर्वाचन

दमक क्याम्पसमा अनेरास्ववियुको बहुमत

दमक, ६ चैत
दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्ष (सभापति) मा नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) निर्वाचित बन्नु भएपनि सचिव र कोषाध्यक्षसहित अन्य पदमा समेत गरी अनेरास्ववियुको बहुमत आएको छ ।

 

गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आउनु भएका बस्नेतले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित बन्नु भएको हो । बस्नेतले ६६८ अधिकारीले ६२४ मत प्राप्त गर्नुभयो । नेविसंघका आधिकारिक उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थान हाँसिल गर्नुभयो । स्वतन्त्र समूहकी रश्मी उप्रेती, दीपक लिम्बू, पर्वत बस्नेत, पेमा डोल्मा तामाङ र प्रविणा भट्टराईले अध्यक्षका प्रतिष्पर्धी रहनु भएको थियो ।

 

सचिवमा राजेश खड्काले ८१२ र कोषाध्यक्षमा ९९७ मत प्राप्त गरि प्रिती मगर निर्वाचित बन्नु भयो । निर्वाचित दुवै अनेरास्ववियुका हुनुहुन्छ । सदस्यहरुमा आरती बाँस्कोटा (६३१), एञ्जिना राई (१०१४), दुर्गा पौडेल (६६९), प्रशान्त ताजपुरिया (६३३), प्रासना भट्टराई (८३९),प्रितम पौडेल (६५२ ), युनेश न्यौपाने (६६५) र स्मारिका श्रेष्ठ (६७८) निर्वाचित बन्नु भएको छ । सदस्यमा निर्वाचित ८ जनामध्ये आरती, एञ्जिला, प्रासना, प्रितम र युनेश गरी ५ जना अनेरास्ववियुबाट निर्वाचित बन्नु भएको छ ।
यस्तै, समानुपातिकतर्फ अनेरास्ववियुले ६०४, नेविसंघले ४६१, अखिल क्रान्तिकारीले १९३, राप्रविसंगठनले २२९, समाजवादी विद्यार्थी युनियनले १२५, हामी स्वतन्त्र छौं समूहले १५८, संघीय विद्यार्थी युनियनले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

 

३७०३ मत रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो । खसेको मत मध्ये १३ मत बदर भएको थियो । यसअघि पनि स्ववियुको नेतृत्व नेविसंघले गर्दै आएको थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक