‘वित्तीय साक्षरता नै राष्ट्रिय आर्थिक विकासको आधार हो’

bittiya- kumari bank- astha

दमक, चैत ८
कुमारी बैंकका कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठले वित्तीय साक्षरता नै राष्ट्रिय आर्थिक विकासको आधार भएको बताउनु भएको छ ।

 

 

दमकको आस्था कलेज अफ मेनेजमेन्टसँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा प्रदेश प्रमुख श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

 

ग्लोबल मनी विक २०२५ का अवसरमा कुमारी बैंकको दमक शाखाले आस्था कलेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेजमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा श्रेष्ठले वित्तीय साक्षरता र ग्लोबल मनी विक लगायत बृहत विषयमा व्यवहारिक उदाहरणहरु मार्फत वित्तीय सचेतना बढाउने विभिन्न उपायहरु प्रस्तुत गर्नुभयो । प्रदेश प्रमुख श्रेष्ठले वित्तीय साक्षरता सबैमा हुनुपर्नेकुरामा जोड दिँदै भन्नुभयो ‘वित्तीय साक्षरता नै राष्ट्रिय आर्थिक विकासको आधार हो, यसले व्यक्तिगत आर्थिक स्थिरताका साथै देशको माईक्रो ईकोनोमीमा पनि ठूलो प्रभाव पार्छ ।’

 

उहाँले वित्तीय साक्षरताले व्यक्तिगत जीवनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म महत्वपूर्ण प्रभाव पार्ने भएकाले यस प्रकारका तालिमहरु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । वित्तीय रुपले जानकार नागरिकहरुले समुन्नत अर्थतन्त्रको विकास गर्न भूमिका खेल्न सक्ने उहाँको धारणा थियो । उहाँले थप्नुभयो ‘राष्ट्रिय स्तरमा, वित्तीय साक्षरताले देशको आर्थिक विकासमा ठूलो योगदान दिन्छ । जब नागरिकहरु बचत र लगानी गर्न थाल्छन्, तब देशको पुँजी निर्माण हुन्छ । यसले बैंकिङ्ग प्रणालीमा पनि सकारात्मक प्रभाव पार्छ । यसले रोजगारी सृजनामा मद्धत पुर्याउँछ ।’

 

शाखा प्रबन्धक युवराज दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखाका कर्मचारी आशिष खनाल, आश्मिना दाहाल लगायतले बैंकिङ्ग विषयमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा आस्था कलेजका बीबीएस तेस्रो र चौथो वर्षमा अध्ययनरत ७० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा आस्था कलेजका प्राचार्य टेकनाथ भण्डारी तथा सहभागी विद्यार्थीहरुबाट तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया व्यक्त भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन