भूतपूर्व विद्यार्थीको अभियान

सिंहबाहिनी माविको रङ्गरोगनमा ३४० लिटर रङ्ग हस्तान्तरण

shinghabahini bhupu-pathari

पथरी, चैत ८
जुन विद्यालयबाट शिक्षाको ज्योति प्रारम्भ भयो, त्यो विद्यालयको व्यवस्थापनमा यथासक्य सहयोग गर्नु भूतपूर्व विद्यार्थीको कर्तव्य समेत हुन आउँछ । यही कुरालाई दृष्टिगत गरी मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माद्यमिक विद्यालयको व्यवस्थापनमा सघाउन यसबेला त्यहाँका भूतपूर्व विद्यार्थीहरु जुटेका छन् ।

 

विद्यालयकालागि तत्कालिन आवश्यकताको विषय बनेको शुद्ध पिउने पानीको व्यवस्थापनपछि विद्यालयको भवन रङ्गरोगनका लागि भूतपूर्व विद्यार्थी सञ्जालले भूतपूर्व विद्यार्थीहरुबाट सहयोग जुटाउने क्रम अघि बढाएको छ । हालसम्म प्राप्त ४५ हजार रुपैयाँ बराबरको ३४० लिटर प्राइमर रङ्ग शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको छ ।

 

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीसहित नगर शिक्षा समितिका सदस्यहरुको रोहबरमा सञ्जालका अध्यक्ष राजकुमार नाछिरिङ राईको अगुवाईमा रङ्ग हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना राई र विद्यालयका प्रधानाध्यापक उमेशकुमार खड्कालाई रङ्ग हस्तान्तरण गरिएको हो ।

 

रङ्गरोगन कार्यमा सहयोग जुटाउने अभियानका संयोजक एवम् सञ्जाल सदस्य ऋषि चम्लागाईंले अगुप रङ्गकालागि थप सहयोग जुटाइने दृढता व्यक्त गर्नुभएको छ ।

 

ग्रामिण क्षेत्रमा रहेको ऐतिहासिक विद्यालयलाई भूतपूर्व विद्यार्थी सञ्जालले व्यवस्थापनमा महत्वपूर्ण रुपमा सघाएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार खड्काले बताउनु भयो । उहाँले रङ्गरोगनकालागि सहयोग जुटेको र विद्यालयको आइसीटी कक्ष र बाल कक्षालाई व्यवस्थित बनाउने अबको प्राथमिकता रहने प्रसंग अघि सार्नुभयो ।

 

भूतपूर्व विद्यार्थी सञ्जाल अध्यक्ष राजकुमार नाछिरिङ राईले विद्यालयको भौतिक, शैक्षिक तथा विद्यार्थीका हकहितमा योजनाबद्ध काम अघि बढाउँदै जाने लक्ष्य रहेको भनाई राख्नु भयो ।

 

रङ्गरोगनका लागि सञ्जाल सदस्य तथा मेइटु पेन्ट्स मोरङका सञ्चालक चम्लागाईंले पेट्सको समेत तर्फबाट गरी १८ हजार बढी रुपैयाँको १२० लिटर प्राइमर रङ्ग प्रदान गर्नुभएको छ । यस्तै, पथरी शनिश्चरे १० रिंगुवाका पूर्व विद्यार्थी युरो पेन्ट्समा कार्यरत चन्द्र कटुवालले १५ हजार रुपैयाँ बराबरको १ सय लिटर र पथरी शनिश्चरे ९ रिंगुवा घर भई हाल विदेशमा रहनु भएका पूर्व विद्यार्थी योगेन्द्र खत्रीले ७ हजार ५ सय रुपैयाँ बराबरको ६० लिटर रङ्ग निःशुल्क उपलब्ध गराउनु भएको छ । हाल कोरियामा रहनु भएका ९ नम्बर वडाका पूर्व विद्यार्थी डा. देवेन्द्र आचार्यले रङ्गरोगनकैलागि ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको थियो ।

 

सञ्जालले विशेष गरी विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोष निर्माणको योजना बनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन