दमक, चैत ११
झापाको दमकस्थित साहित्य कला संगमले यो वर्ष ३ वटा पुरस्कारबाट सृजना क्षेत्रका ५ श्रष्टा र २ वटा संस्थालाई पुरस्कृत गर्ने भएको छ ।
भवानी मिश्र पुरस्कारबाट गीतसंगीतकर्मी डा टीका भण्डारी (झापा, हाल काठमाडौं) र बुलु मुकारुङ (भोजपुर, हाल काठमाडौं), साहित्यकार होम सुवेदी (झापा), हरि कट्टेल (मोरङ विराटनगर) र वरदान समूह (दार्जीलिङ, भारत) लाई प्रदान गरिने भएको संस्थाका अध्यक्ष विष्णु न्यौपाने र महासचिव दीपक सुवेदीले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, साहित्य कला श्री पुरस्कार कदम थिएटर दमकलाई र स्व.तुलसादेवी न्यौपाने स्मृति पुरस्कार धरानकी साहित्यकार कुन्ता शर्मालाई प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि जनही ३५ हजार रुपैयाँ रहेको छ ।
चैत ३० एक कार्यक्रमकाबीच ती पुरस्कार वितरण गरिने संस्थाले निर्णय गरेको छ ।









