दक्षिण कोरियामा भीषण डढेलो बस्तीमा पस्यो : २६ बढीको मृत्यु

मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी प्राप्त भएको छ ।

एजेन्सी, चैत १४ – दक्षिण कोरियामा लागेको भिषण डढेलो बस्तीमा पस्दा अहिलेसम्म मृत्यु हुने मानिको संख्या कम्तिमाम २६ रहेको छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो डढेलोका रुपमा रहेको सो घटनाबाट ३० जना बढी घाइते भएका छन् जसमध्ये ८ जना सख्त अवस्थामा रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् ।

उइसोङ सहरमा आगलागीबाट बढी क्षति भएको अधिकारीहरूले बताएको उल्लेख छ । मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी प्राप्त भएको छ ।

डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । उइसोङ सहरमा डढेलोले सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठूलो मन्दिरमध्ये एक थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा