झापाको जलथल वनक्षेत्र

मिचाहा वनस्पतिको व्यवस्थापन र सिमसार संरक्षणको असल अभ्यास

सामुदायिक वनले वन नै बिनास गर्ने झारबाट जैविक तथा प्राङ्गारिक मल बनाएको देखेर कतिपय उपभोक्ता आफैंले पनि घरमै बनाउन थालेका छन् । कतिपयले यही मलको प्रयोग गरेर रसायनिक मल प्रयोग नगरी आफ्‌नो फसल पनि लगाइरहेका छन् ।

दमक, चैत १५/ झापा जिल्लाको दक्षिणी भागमा फैलिएको जलथल वन, नेपालकै जैविक विविधताले भरिपूर्ण वन क्षेत्रहरूमध्ये एक हो । प्राकृतिक स्रोतहरूको मुहान यो वन, पर्यावरणीय सन्तुलनको आधार मात्र होइन, स्थानीय समुदायहरूको जीवनरक्षक पनि हो ।

जलथल वन ६ हजार १ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो वन हल्दिबारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकासम्म फैलिएको छ । यो क्षेत्रले कुल २२ वटा सामुदायिक वन उपभोक्ता समूहलाई समेटेको छ । स्थानीय समुदायबाट लाभान्वित उपभोक्ताको संख्या भन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

यहाँ पाइने मुख्य रुख प्रजातिहरूमा साल, सिसौ, कटकटनी, हर्रो, बर्रो, र कटुस रहेका छन् । यी वनस्पतिहरूले जलथल वनलाई पर्यावरणीय दृष्टिकोणले धनी बनाएको सामुदायिक वन उपभोक्ता महासघं झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताउनु भयो ।

‘वन्यजन्तुहरूको बासस्थानका रूपमा यो वनमा चितुवा, मृग, अजिंगर, खरायो र विभिन्न पंक्षी प्रजातिहरू पाइन्छन् । यी जिवजन्तुका लागि यो वन जीवन र सुरक्षाको आधार हो ।’ उहाँले बताउनु भयो ।

मिचाहा झारको समस्या र समाधान प्रयास

तर यो वन अहिले मिचाहा प्रजातिका झारहरूको कारण संकटमा परेको छ । लन्ताना, पार्थेनियम, र मिकोनिया जस्ता झारहरूले स्थानीय वनस्पतिको वृद्धि अवरुद्ध गर्दै जैविक सन्तुलनलाई खलबल पारेका छन् । यी झारहरूले वन्यजन्तुहरूको आहारा र पानीको स्रोतहरूमा समेत बाधा पुर्याइरहेका छन् । यद्यपी अहिले यहाँका सामुदायिक वन उपभोक्ता समूहहरूले नियमित रूपमा झार उखेल्ने अभियान सञ्चालन गरेका छन् । साथै, जैविक झार नियन्त्रण र सचेतना कार्यक्रमहरू मार्फत मिचाहा झारको समस्यालाई न्यून गर्न प्रयासरत छन् । जिल्लाको भद्रपुर ३ स्थित विशाल सामुदायिक वन उपभोक्ता समूहकी सचिव विनिशा लिम्बूका अनुसार त्यसखाले मिचाहा झारलाई ल्याएर अहिले प्राङ्गारिक मल बनाउने काम गर्न थालेको सुनाउनु भयो । अहिले किसानलाई समेत त्यसखाले झारबाट मल बनाउन सिकाएपछि कतिपय किसानले त्यसलाई प्रयोगमा ल्याएर फसल समेत सुधारेका उदाहरण उहाँले दिनु भयो ।

सामुदायिक वनले वन नै बिनास गर्ने झारबाट जैविक तथा प्राङ्गारिक मल बनाएको देखेर कतिपय उपभोक्ता आफैंले पनि घरमै बनाउन थालेका छन् । कतिपयले यही मलको प्रयोग गरेर रसायनिक मल प्रयोग नगरी आफ्‌नो फसल पनि लगाइरहेका छन् । यसबाट उपभोक्ताहरुले प्रत्यक्ष फाइदा लिएर बाली सपार्ने काम पनि गरेका छन् । यसको उदाहरण हुनुहुन्छ यहाँका आशबहादुर कन्दङवा । उहाँले यही झारबाट मल बनाउनु भयो, र आफ्‌नो फसलमा लगाउनु भयो । उहाँले मकैमा लगाएर यसको परीक्षण समेत गर्नु भएको छ । मकै सर्लक्क बढेको देखेर यसले राम्रै उत्पादन दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

यहाँका उपभोक्ताहरुले यो वनलाई थप संरक्षण गर्न कृषि उत्पादनलाई पनि जोडेको देखिन्छ । वनभित्रै बिभिन्न बालीहरु लगाएर त्यसबाट उपभोक्ताको आम्दानी बृद्धि गर्ने प्रयास पनि यहाँ भएको पाइन्छ । यसकालागि सामुदायिक वन उपभोक्ताका सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम दिएर वनभित्रै कसरी र के के खेती गर्ने भन्ने जस्ता कार्यक्रम सञ्चालन भएर पनि उपभोक्ताहरुमा यसखाले उत्साह बढेको देखिन्छ । बेसार खेती, मरिच खेती लगाइएको छ । यसबाट वनको पन संरक्षण भएको छ भने उपभोक्ताको आम्दानीमा समेत बृद्धि भएको छ ।

सिमसार क्षेत्रको अवस्था र संरक्षण प्रयास

जलथल वनमा सिमसार क्षेत्र करिव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा करिव १० वटा सिमसारहरु रहेका छन् । यहाँका सिमसारहरू जंगली जनावरहरूको लागि शुद्ध पानीको प्रमुख स्रोत हुन् । तर, जलकुम्भी र माटो कटानले सिमसार क्षेत्रहरूमा समस्या आएको छ । सिमसार क्षेत्रको पुनःस्थापनाका लागि स्थानीय समुदायले सिमसार सफा गर्दै प्राकृतिक जलाधारको प्रवाह सुनिश्चित गरेका छन् । साथै, पानीको गुणस्तर परीक्षण र जनावरहरूको सहज पहुँचका लागि विशेष मार्गहरू निर्माण गरिएको कचनकवलस्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहका सस्थापक अध्यक्ष भीमप्रसाद लुईटेलले बताउनु भयो ।

सिमसारहरूको संरक्षण नै वन्यजन्तुहरूको जल अधिकार सुनिश्चित गर्ने प्रमुख उपाय हो । अहिलेका अभ्यासहरू सफल भएमा, सिमसार क्षेत्रको जैविक सन्तुलन दिगो रूपमा कायम राख्न सकिनेछ । जलथल वन झापाको जैविक विविधताको अमूल्य सम्पत्ति हो । सामुदायिक सहभागिता, मिचाहा झारको व्यवस्थापन र सिमसार क्षेत्रको संरक्षणले यस वनको भविष्यलाई दिगो बनाउने बाटोमा लैजान यहाँ ग्रीन गभर्नेस नेपालले उपभोक्ता लक्षित बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि