सदनमा प्रधानमन्त्रीको सम्बोधन

‘चैत १५ को हिंसात्मक वारदातमा ज्ञानेन्द्र शाह दोषी छन्’

हिंसात्मक गितिविधिमा संलग्न जाेसुकै भए पनि उम्कन सक्दैनन्

काठमाडौं, १८ चैत— प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाडौंको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक वारदातमा तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रत्यक्ष संलग्न देखिएको वताउनुभएको छ ।

संघीय संसदमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन राजा शाहकै निर्देशनमा चैत १५ गते काठामाडौंमा हिंसात्मक घटनाहरु भएको बताउनुभयो । चैत १५ को आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले कमान्डर मनोनीत गरेका व्यक्तिले नेपालमा हिंसा मच्चाएकाले कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो ।

‘फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो’, सदनमा ओली भन्दै हुनुहुन्थ्यो ।
भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात गरिएको प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुभयो ।

ओलीले भन्नुभयो—‘यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ ।’

सोही दिन समाजवादी मोर्चाले गरेको सभा र जुलुस भने शान्तिपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले आयोजकलाई धन्यवाद दिनुभयो ।

सदनमा प्नधानमन्त्रीकाे सम्बाेधन ( भिडियाे )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट