दमक, चैत १८ / बामपन्थी विचारधाराका लेखकहरुको संस्था प्रगतिशील लेखक संघ कोशी प्रदेशको तेस्रो सम्मेलनबाट झापा दमकका बिन्दु दाहाल मूकदर्शकलाई अध्यक्ष चुनेर नयाँ कार्यसमिति चयन भएको छ ।
मोरङको बेलबारीमा सम्पन्न सम्मेलनबाट साहित्य कला संगमका उपाध्यक्ष समेत रहनु भएका मूकदर्शकलाई अध्यक्ष चुनिएको हो । सर्वसहमत चयन भएको समितिको उपाध्यक्षमा दिनेश थापा र शान्ति पाख्रिन, सचिवमा रविन कोर्काली, सहसचिवमा कमलप्रसाद भट्टराई र कोषाध्यक्षमा डिल्लीराम परदेशी चयन हुनु भएको छ । यसैगरी, यज्ञ परिश्रमी, दिलीप घिमिरे, अमीर बास्कोटा अदृष्य, ज्ञानु बुढाथोकी, टीका मिलन, राजेन्द्र खत्री, हिरा खड्का, उर्मिला शर्मा रिजाल, धनबहादुर खड्का, चन्द्रनारायण चौधरी, रोशन यात्री, रामप्रसाद लम्साल र मनिषा आचार्य सदस्यमा चयन हुनु भएको छ ।
कार्यक्रममा संघका केन्द्रीय महासचिव डा.देवी क्षेत्री दुलाल र साहित्यकार ज्ञानु बुढाथोकीलाई संघकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मा, तात्कालिन कोशी अध्यक्ष तीला लेकालीसहितले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।
कार्यक्रममा, कोशी प्रदेशका पूर्व मन्त्री राजकुमार ओझा, प्रदेश सांसद विद्या चाम्लिङ, संघका केन्द्रीय पार्षद केशु कार्की, केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, सांस्कृतिक महासंघ कोशी अध्यक्ष जेवी किराती, सांस्कृतिक अभियन्ता खेम नेपालीसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।









