खेलकुद

पथरीमा चैत २७ बाट चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता

खेलाडीलाई क्रमश : ५१ हजार, ३५ हजार, २५ हजार सहित विभिन्न ६० वटा विधागत पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

पथरी, चैत १८ – मोरङको पथरी शनिश्चरेमा यही चैत्र २७ गतेदेखि ४ दिनसम्म सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता तथा ५ औं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट –२०८१ संञ्चालन हुने भएको छ ।

 

प्रतियोगिताको आयोजक फ्रेण्डसिप चेस क्लबले सिनभिलेज पार्टी प्यालेसमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराएको हो ।

 

सृजनशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा क्लब सचिव लोक सागर साम्बाले पथरी शनिश्चरे नगरपालिकालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमै चिनाउने, खेलाडीहरूलाई सम्मान तथा अभिनन्दन गर्ने उद्देश्यका साथ यस किसिमको बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले स्वीस लिग अनुसार खेलाइने प्रतियोगिता पथरी शनिश्चरे वडा नं २ कै सिन भिलेज पार्टी प्यालेसमा सञ्चालन गरिनेछ ।

 

प्रतियोगिता राष्ट्रिय स्तरका आर्बिटर निर्णायकहरूको सहभागितामा सञ्चालन गरिने बताउँदै खेलका प्रमुख आर्बिटर डम्बर वाछना राईले प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन रुपेश जयसवाल र सिन्दिरा जोशी लगायतका पूर्व नेपाल च्याम्पियनहरू बद्रीलाल नेपाली, नवीन तण्डुकार, राजन सुवेदी, पुरुषोत्तम चम्लागाईं, लगायत २ सय बढी खेलाडीहरूको सहभागिता रहने जनाउनुभयो ।

 

प्रतियोगितामा प्रथम, द्वितीय तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश : ५१ हजार, ३५ हजार, २५ हजार सहित विभिन्न ६० वटा विधागत पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कारको लागि मात्रै ३ लाख ७५ हजार छुट्याइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन हाल हङकङ बस्दै आउनु भएका दिल शाक्यले गर्नुभएको हो ।

 

त्यसैगरी, सोही प्रतियोगिता सञ्चालन भइरहँदा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल ब्लिच टुर्नामेन्टको प्रथम, दोस्रो, तेस्रो , चौथो, पाँचौं स्थानसम्म क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार, ३ हजार रूपैयाँ पुरस्कृत गरिनेछ भने ६ देखि १०औँ स्थानसम्मका खेलाडीहरूलाई दुई हजारका दरले पुरस्कार गरिने आयोजकले जनाएको छ । सो टुर्नामेन्टका लागि पुरस्कारहरूको प्रायोजन भने हङकङ निवासी मनु साम्पाङ राई र पाँचौं मिस्टर काठमाडौँ स्वर्गीय प्रकाश राईका परिवारले गर्नुभएको छ ।

 

यी दुबै प्रतियोगिताको अनुमानित आय–व्यय १२ लाख ७५ हजार रूपैयाँ रहने आयोजक समितिका अध्यक्ष धनराज राई (अमीर)ले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको