दमक, चैत १९ / झापाको दमक वडा नम्बर ८ ले महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनामा थालेको ३ महिने (३९० घण्टे) सिलाई कटाई तालिमले त्यसप्रति आकर्षण बढाएको छ ।
मंगलबार तालिम समापनका अवसरमा बोल्दै वडा अध्यक्ष धर्मप्रसाद दाहाल दीपेशले आधारभूत तालिमपछि व्यावसायिकताका लागि थप तालिम समेत लिएर अघि बढ्न शुभकामना दिनु भयो । व्यावसायिक बन्न लाग्ने कामका लागि वडाले थप सहयोग समेत पुर्याउने वचन दिनु भयो ।
अनुराधा न्यौपाने दुलाल, सपना थापा डाँगीसहितका प्रशिक्षार्थीले अझै थप सिकेर केही गर्ने बाटो खुलेको जनाउनु भएको छ ।
तालिम समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।









