केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्।

मंगलबार सुरु भएको बैठकको पहिलो दिन किराँती नेतृत्वको समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि बढेको चर्चा भएको थियो।

तर, अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता किराँती दुवै पक्षले पहिलो दिन पूर्वकमिटीको बैठक र दोस्रो दिन संयुक्त बैठक बस्ने कार्यतालिका पहिल्यै तय भएको बताएका छन्।

किराँती नेतृत्वको समूहसँग एकता भएपछि पार्टीको केन्द्रीय समिति २३ बाट बढेर ४१ सदस्यीय बनेको थियो। एकताका क्रममा किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो।

किराँती पक्षले भने अध्यक्ष साम्पाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सामाजिक सञ्जालको घोषणाभन्दा विधि, पद्धति र सामूहिक निर्णयका आधारमा सञ्चालन हुनुपर्ने विषय बैठकमा उठाउने तयारी गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका

शव व्यवस्थापन र बेपत्ताको खोजीमा जुट्यो प्रहरी

काठमाडौं ,१७ भदौ। बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको