सन्दर्भ : प्रम ओलीको थाइल्याण्ड भ्रमण

भेटवार्तामा संस्कृति र पर्यटन क्षेत्रको सहकार्य सम्झौता हुँदै

दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र समेत आदानप्रदान हुनेछन् ।

बैङ्कक, चैत २० /  थाइल्याण्डको औपचारिक भ्रमण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षीबीच आज संस्कृति र पर्यटनका क्षेत्रमा गरिने सहकार्यसम्बन्धी सम्झौता हुने भएको छ ।

 

औपचारिक र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुग्नु भएका प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदैछ । भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा गरिने सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान हुनेछन् ।

 

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने समेत कार्यक्रम छ ।

 

थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । उहाँ मंगलबार अपरान्ह थाइल्याण्ड पुग्नु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको

टनेल र खोँचहरूमा अझै मानिसहरू उद्धारको पर्खाइमा रहेको सांसद खरेलको भनाइ

काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति