धनिपूर्जा वितरण

सुकुम्बासीलाई चाँडै लालपूर्जा दिलाउने भूमि आयोगको भनाइ

 

 

 

पथरी  भूमिहिन सुकुम्बासीलाई यथासक्य चाँडो जग्गा धनिपूर्जा वितरण गर्न तयार रहेको राष्ट्रिय भूमि आयोगका पदाधिकारीले बताएका छन् ।

पथरीशनिश्चरेमा आज आयोजित जनप्रतिनिधि र आयोगका पदाधिकारीवीच भएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । नगर प्रमुखसमेत रहेका स्थानीय तहको भूमिहिन तथा अव्यवस्थित बसोबास व्यवस्थापन सहजीकरण समितिका संयोजक दिलिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न दलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भूमि आयोगको केन्द्रीय सदस्य सिता महर्जनले नेपालमा कोही पनि घरजग्गाविहीन भएर बस्नु नपरोस् भनेर सरकारले आयोग गठन गरेको बताएकी छन् । उनले आफूहरु तत्काल धनिपूर्जा वितरण गर्ने गतिमा रहेको बताउँदै अघिल्लो आयोगले गरेको कामलाई आधारमा मान्दै स्थानीय जनप्रतिनिधि, राजनीतिक पार्टीका नेताहरु र सरोकारवालाहरुले सहयोग गरेको खण्डमा केही महिनाभित्रैमा जग्गाको धनिपूर्जा वितरण हुने बताएकी हुन् ।

सोही अवसरमा उनले धार्मिक, सांस्कृतिक क्षेत्र, पैनी र रुख भएको वन क्षेत्रको जग्गा वितरण गर्न नसक्ने कार्यविधिमा व्यवस्था रहेको समेत उल्लेख गरेकी थिइन् । सोही कार्यक्रममा आयोग मोरङ्गकी अध्यक्ष सुशिला घिमिरे (सामाना)ले नगरपालिकाका जनप्रतिनिधसहितका सरोकारवाला सबै पक्षको सहयोग भए पथरीशनिश्चरे नगरको एउटा वडालाई जग्गाको नापी कार्य संचालन गर्न करिब हप्तादिन लाग्ने संकेत गरिन् । उनले नगरभित्रका सबै वडाहरुमा अढाई महिनाभित्र नापी सकेर लालपुर्जा वितरण कार्य गर्न सकिने बताइन् ।

नगरमा यथासक्य छिटो जग्गाको लालपूर्जा वितरण गर्न नापी विभागबाट एक जना सर्वेक्षक र दुई जना अमिन तत्काल आउने घिमिरेले जानकारी दिएकी थिइन् ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य कृष्णाकुमारी राईले समेत जग्गा वितरण चाँडै गर्नु पर्ने सुझाव दिएकी थिइन् । नगर प्रमुख दिलिपकुमार राईले अघिल्लो आयोगले भूमिहिन सुकुम्बासीहरुको लगत संकलनपछि ७ नम्बर वडासम्मको सम्पूर्ण लगत कम्प्यूटरमा प्रविष्टीकरण भएको र नगरमा पाँच प्रकारको भूमिहीन सुकुम्बासी समस्या विद्यमान रहेको जानकारी गराए ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, नेपाली कांग्रेसको नगरसभापति रुपनारायण भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रको अध्यक्ष चेतन दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष फिपराज बेघा, नेकपा (एकीकृत समाजवादी)का सचिव देवेन्द्र वनेम लगायतले आयोगको कामलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

यसैबीच, राष्ट्रिय भूमि आयोग मोरङको भोलि विराटनगरस्थित जिल्ला कार्यालय उद्घाटन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिइन् । उक्त कार्यालयको राष्ट्रिय भूमि आयोगका संघीय तथा केन्द्रीय अध्यक्ष केशव निरौलाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

आजै पथरीशनिश्चरे नगरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत उक्त आयोगका पदाधिकारीहरूले यस पथरीशनिश्चरे नगरपालिकामा सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या रहेको बताएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा