धनिपूर्जा वितरण

सुकुम्बासीलाई चाँडै लालपूर्जा दिलाउने भूमि आयोगको भनाइ

272716218_2740203149459419_5575066664247025818_n

 

 

 

पथरी  भूमिहिन सुकुम्बासीलाई यथासक्य चाँडो जग्गा धनिपूर्जा वितरण गर्न तयार रहेको राष्ट्रिय भूमि आयोगका पदाधिकारीले बताएका छन् ।

पथरीशनिश्चरेमा आज आयोजित जनप्रतिनिधि र आयोगका पदाधिकारीवीच भएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । नगर प्रमुखसमेत रहेका स्थानीय तहको भूमिहिन तथा अव्यवस्थित बसोबास व्यवस्थापन सहजीकरण समितिका संयोजक दिलिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न दलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भूमि आयोगको केन्द्रीय सदस्य सिता महर्जनले नेपालमा कोही पनि घरजग्गाविहीन भएर बस्नु नपरोस् भनेर सरकारले आयोग गठन गरेको बताएकी छन् । उनले आफूहरु तत्काल धनिपूर्जा वितरण गर्ने गतिमा रहेको बताउँदै अघिल्लो आयोगले गरेको कामलाई आधारमा मान्दै स्थानीय जनप्रतिनिधि, राजनीतिक पार्टीका नेताहरु र सरोकारवालाहरुले सहयोग गरेको खण्डमा केही महिनाभित्रैमा जग्गाको धनिपूर्जा वितरण हुने बताएकी हुन् ।

सोही अवसरमा उनले धार्मिक, सांस्कृतिक क्षेत्र, पैनी र रुख भएको वन क्षेत्रको जग्गा वितरण गर्न नसक्ने कार्यविधिमा व्यवस्था रहेको समेत उल्लेख गरेकी थिइन् । सोही कार्यक्रममा आयोग मोरङ्गकी अध्यक्ष सुशिला घिमिरे (सामाना)ले नगरपालिकाका जनप्रतिनिधसहितका सरोकारवाला सबै पक्षको सहयोग भए पथरीशनिश्चरे नगरको एउटा वडालाई जग्गाको नापी कार्य संचालन गर्न करिब हप्तादिन लाग्ने संकेत गरिन् । उनले नगरभित्रका सबै वडाहरुमा अढाई महिनाभित्र नापी सकेर लालपुर्जा वितरण कार्य गर्न सकिने बताइन् ।

नगरमा यथासक्य छिटो जग्गाको लालपूर्जा वितरण गर्न नापी विभागबाट एक जना सर्वेक्षक र दुई जना अमिन तत्काल आउने घिमिरेले जानकारी दिएकी थिइन् ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य कृष्णाकुमारी राईले समेत जग्गा वितरण चाँडै गर्नु पर्ने सुझाव दिएकी थिइन् । नगर प्रमुख दिलिपकुमार राईले अघिल्लो आयोगले भूमिहिन सुकुम्बासीहरुको लगत संकलनपछि ७ नम्बर वडासम्मको सम्पूर्ण लगत कम्प्यूटरमा प्रविष्टीकरण भएको र नगरमा पाँच प्रकारको भूमिहीन सुकुम्बासी समस्या विद्यमान रहेको जानकारी गराए ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, नेपाली कांग्रेसको नगरसभापति रुपनारायण भट्टराई, एमाले नगर अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रको अध्यक्ष चेतन दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष फिपराज बेघा, नेकपा (एकीकृत समाजवादी)का सचिव देवेन्द्र वनेम लगायतले आयोगको कामलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

यसैबीच, राष्ट्रिय भूमि आयोग मोरङको भोलि विराटनगरस्थित जिल्ला कार्यालय उद्घाटन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिइन् । उक्त कार्यालयको राष्ट्रिय भूमि आयोगका संघीय तथा केन्द्रीय अध्यक्ष केशव निरौलाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

आजै पथरीशनिश्चरे नगरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत उक्त आयोगका पदाधिकारीहरूले यस पथरीशनिश्चरे नगरपालिकामा सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या रहेको बताएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।