काेशी भ्रमणवर्ष-२०८२

तेह्रथुमकाे लालीगुराँशबाट सुरू हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि वि.सं.२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ ।

दमक,  २५ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २७ गते तेह्रथुमको लालीगुराँस नगरपालिकामा कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ गर्नुहुने भएको छ ।

लालीगुराँस नगरपालिकाको सहकार्यमा कोशी प्रदेश सरकारको आयोजनामा लालीगुराँस नगरपालिका १ स्थित आरआर गार्डेनमा बिहान साढे ११ बजे पर्यटन वर्ष शुभारम्भ गरिने कार्यक्रम तय भएको छ । त्यहाँ लालीगुराँस फूलेको मनोरम दृष्य अवलोकन गर्दै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमका लागि गुराँसका बोटमा सिंचाई समेत गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।

पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने लालीगुराँस नगर प्रमुख अर्जुनबाबु माबोहाङले जनाउनु भयो । ‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने कार्यक्रम छ ।

यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत