दमक, ३ बैशाख / विशेष गरी शिक्षा विधेयक पारित गर्ने दबाबमा परेको सरकारले संघीय संसद्को वर्षे अधिवेशन बैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिसको निर्णय गरेको छ ।
मंगलबार साँझ मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जनाउनु भयो ।
विशेषगरी संसदमा विचाराधीन अवस्थामा रहेकोे विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि संसद्को अधिवेशन आह्वान गरिएको बुझिएको छ । सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ ।
विद्यालय शिक्षा विधेयक ऐनका रुपमा पारित गर्न माग गर्दै दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।









