सरस्वती माविको जग्गा खाली गर्न दमक नगरले निकाल्यो सार्वजनिक सूचना

गडमदरबाट वर्षौंदेखि सरकारी विद्यालयको जमिनमा राज

दमक, ३ बैशाख / दमक ९ स्थित सरस्वती माविले आफ्‌नो जमिनमा केही समयका लागि मात्र सञ्चालन गर्न दिएको दमक ८ स्थित गड मदर एकेडेमी एण्ड टेक्नोलोजी सञ्चालन भएको जमिन खाली गराउन दिएको ज्ञापनपत्रपछि नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

 

बुधबार विद्यालयले दिएको ज्ञापनपत्रपछि नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकुमार थापाले एक प्रेस विज्ञप्ति जारी गरी अवको शैक्षिक शत्रमा नयाँ भर्ना नलिइ जग्गा खाली गर्न निर्देशनात्मक जानकारी गराउनु भएको छ । सो सम्बन्धमा दमक नगर कार्यपालिकाको ०८१ भदौ ७ गतेको निर्णय भएको र अटेर गरिरहेको अवस्थामा गत चैत २६ गते गडमदरलाई विद्यालय खाली गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

सरस्वती माविकातर्फबाट बुधबार प्रधानाध्यापक सीताराम ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज पुरी गगनसहितको विद्यालयको टोलीले जमिन तत्काल खाली गराउन माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । जमिन खाली नगरेको भन्दै दमक नगरपालिकाको ध्यानाकषर्ण गराइएको ज्ञापनपत्रमा सात दिन भित्रमा सो गडमदर एकेडेमीले ठाउँ खाली नगरे दमक नगरपालिकाको मुल गेटमै ताला लगाएर आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।

 

ज्ञापनपत्र दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईंलाई बुझाइएको हो । सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज पुरी गगनले विद्यालयको सम्पूर्ण जमिन नगरपालिका मातहत रहेकोले नगरपालिकामा आएर ज्ञापन पत्र बुझाउनु परेको स्पष्ट पार्नु भयो ।

 


ज्ञापनपत्र बुझेपछि नगरका प्रमुख रामकुमार थापाले सो विद्यालयलाई त्यहाँबाट हट्न भनेर लिखित पत्र पठाइसकेको बताउनु भएको थियो । उहाँले सातदिनभित्रै हटाइसक्ने पहलमा लाग्ने जनाउनु भयो । त्यस क्षेत्रका अभिावकहरुलाई समेत सचेत बनाउने र सकेसम्म सात दिनभित्रैमा ठाउँ खाली गराउने कुरामा लागिपर्ने थापाले प्रतिवद्धता जनाउनु भयो ।

 

यस अघि पनि विद्यालयले नगरपालिकालाई यसखाले दवाब दिएको थियो । सो दवाव पछि नगरपालिकाले वडा नम्बर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । सो समितिले पनि सो विद्यालयले अहिलेको शैक्षिक सत्र सुरु हुनु अघिनै जमिन खाली गरिसक्नु पर्ने निचोडको प्रतिवेदन नगर प्रमुख समक्ष बुझाएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच