पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान

निःशुल्क पढाउनु मात्रै कहाँ हो र, उल्टै पैसा दिएर घर पठाइने

सरकारले गर्ने काम प्रतिष्ठानले गरिरहेको ठहर

दमक, ४ बैशाख / सरकारी तबरबाट स्वास्थ्य र शिक्षा निःशुल्क हुने संविधानले निर्दिष्ट गरेको भएपनि व्यवहारमा निःशुल्क बन्न सकेको देखिदैन । प्राविधिक शिक्षामार्फत विद्यार्थीहरुलाई निःशुल्क पढाउने मात्र होइन पढाई सकेर घर जाँदा उल्टै रकम दिएर पठाउने काममा दमकको पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानको सक्रियता देखिएको छ ।

नयाँ वर्षको अवसरमा दमक १ मा रहेको प्रतिष्ठानले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम राखेर राज्यले गर्न नसकेको निःशुल्क शिक्षाको गतिविधि आफूले गरेको समेत जानकारी गरायो । सरकारसँगको द्वन्दको अवस्थामा वेपत्ता भएका पढाईमा तेज दाजुभाई पुष्प र धीरेन्द्र बस्नेतको स्मृतिमा बस्नेत परिवारको अगुवाईमा प्रतिष्ठान खडा गरियो । अनि शिक्षामै जोड दिन प्राविधिक शिक्षा अघि बढाइयो ।

यस सन्दर्भसहित प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले विद्यार्थीहरुले पढेर विदाई हुँदाको अवस्थामा बसेको भाडा स्वरुप प्रतिष्ठानले रकम प्रदान गर्ने गरेको जनाउनु भयो । उहाँले प्रतिष्ठानले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्दै प्राविधिक शिक्षाको प्रवद्र्धनमा काम गरिरहेको प्रष्ट्याउनु भयो ।

प्रतिष्ठानमा डिप्लोमा तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र जियोमेट्रिक्स इन्जिनियरिङ तथा ०७८ देखि प्रि डिप्लोमा तहको इन्फरमेशन टेक्नोलोजी र सिभिल इन्जिनियरिङ पढाई अघि बढाइएको उल्लेख गर्नुभयो । त्यसबाट हालसम्म १ सय १३ जना उत्तीर्ण भइसकेको र ८० जना अध्ययनरत रहेको जनाउनु भयो । उहाँले भन्नुभयो ‘उनीहरुलाई शुल्क लाग्ने त कुरै भएन, उल्टै आफ्‌नो लेभल उत्तीर्ण गरेर घर जाँदा ६२ हजार ५ सय रकम प्राप्त गर्ने गरेका छन् ।’ स्वीस सरकारको फण्ड र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रकमबाट निःशुल्क कक्षा र घर फर्किदा खर्च समेत दिने सहजता मिलेको प्रष्ट्याउनु भयो । दमक नगरपालिकासँगको १० महिने कार्यक्रम उत्तीर्ण गर्नेहरुलाई २६ हजार रुपैयाँ प्रदान गरिने गरेको पनि जनाउनु भयो ।

प्रतिष्ठानका लागि तारा राई लगायतले १ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको गरी ८ कठ्ठा जमिन रहेको र त्यसमा भवन निर्माणका लागि हालसम्म प्रदेश सरकारले २ करोड १९ हजार रकम प्रदान भएको पनि अध्यक्ष बस्नेतले कार्यक्रममा जानकारी गराउनु भयो ।

सो कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री इन्द्र आङ्बोले स्वास्थ्य र शिक्षा राज्यको मातहतमा रहनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य र शिक्षा राज्य मातहत निःशुल्क बनाई उत्पादन र रोजगार व्यवस्थापनमा जोड दिनु राज्यको दायित्व रहनुपर्ने कुरामा जोड दिनु भयो ।

माओवादी केन्द्रका नेता समेत रहनु भएका उहाँले मानिसको ज्यान बचाउन स्वास्थ्य उपचार सेवा निःशुल्क रुपमा प्रभावकारी व्यवस्थापन हुनुपर्ने पहिलो आवश्यकता भएको चर्चा गर्नुभयो ।

बस्नेत दाजुभाईको स्मृतिमा प्रतिष्ठान बनाएर प्राविधिक शिक्षा सञ्चालन गर्नु महत्वपूर्ण पक्ष भएको आङ्बोको ठहर छ । भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका माहिला छोरा पुष्प र कान्छा छोरा धीरेन्द्रलाई २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएको थियो । त्यसपछि ०७५ सालमा उहाँहरुको स्मृतिमा प्रतिष्ठान खडा गरियो ।

शुभकामना आदानप्रदानका क्रममा बोल्दै दमक क्याम्पस प्रमुख यज्ञराज गिरीले पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानले प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेर सरकारको जिम्मेबारीको काम पुरा गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा दमक नगरको शिक्षा समिति संयोजक एवम् ९ नम्बर वडाअध्यक्ष कुवेरप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल, दमक जेसीजका अध्यक्ष सहदेव भट्टराई, बरिष्ठ चलचित्र कलाकार हेमन्त बुढाथोकीसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न दल र संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय