अनुशीलन

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन छैन, अर्थात उहाँ असत्य, राजनीतिक वादको पक्षमा नलाग्ने हिसाबले ‘उदासी’ उपनामले आफूलाई स्थापित बनाउनु भएको छ ।

 

भानुभक्त शिवाकोटी र जशोदा प्रसाई (शिवाकोटी) को साहिँलो सन्तानका रुपमा वि.सं. २०४१ माघ १८ साबिक फलैँचा–६, हाल याङ्वरक–२, तिम्तिम्बू, पाँचथरमा जन्मिनु भएका उहाँ झापाको दमक ४ सम्बन्ध टोलमा बसोबास गर्दै सृजनकर्ममा तल्लिन हुनुहुन्छ ।

 

२०५५ देखि साहित्य सिर्जना थाल्नु भएका उहाँ उपन्यास, गजल, गीत, कथा र कविता विधामा कमल चलाउँदै अनि सर्जकहरुको वायोग्राफी बनाएर प्रशारण गर्ने काममा पनि आफ्‌नो उस्तै सक्रियताको यात्रामा हुनुहुन्छ ।

 

उहाँको प्रकाशित पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । ६०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उहाँको कविता संग्रह ‘पानीको पर्खाल’ प्रकाशनको संघारमा छ ।

विभिन्न साहित्यिक पत्रिकाको सम्पादन तथा रेडियोमा गजलसहितका साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनु भयो । २०६३ मा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक उहाँ उर्लाबारी गजल मञ्चमा २०६१–२०६९ सम्म अध्यक्ष भएर गजलको प्रवद्र्धन र विस्तारमा लागिपर्नुभयो । उर्लाबारी क्याम्पस साहित्य मञ्चको पूर्व अध्यक्ष तथा नेपाली साहित्य समाज, उर्लाबारीको पूर्व महासचिव रहेर सृजना क्षेत्रमा आफ्‌नो प्रभावकारी उपस्थिति जनाउन भ्याउनु भयो ।

 

दीपज्योति युवा कविता प्रतियोगिता २०६६, कारितास कविता प्रतियोगिता २०६८,साहित्य कला संगम, खुल्ला कविता प्रतियोगिता २०७१ मा प्रथम बनेसँगै अन्य दर्जन बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुँदै अहिले आफूलाई सृजना प्रवद्र्धनको अभियानमा सामेल गर्नुभएको छ ।

 

पछिल्लो समय उहाँ व्यवसायिक गीत लेखनमा तल्लिन बन्नु भएको छ । नेपाली चलचित्रका लागि समेत गरेर उहाँका हालसम्म ५ दर्जन गीत रेकर्ड भएका छन् । रेडियो नेपालले आयोजना गरेको ०८० सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायक गौरव दर्पणले गाएको ‘म घुम्टो उघार्छु’ बोलको गीतले प्रथम स्थान हाँसिल गरेको थियो । उज्यालो खबर र रेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जको कार्यक्रम ‘अनुशीलन’ मा उहाँका सृजनायात्राका बारेमा गरिएको कुराकानी भिडिओमा हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा

बिर्तामोडबाट ब्राउन सुगर र १३ लाख नगदसहित महिला पक्राउ

बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध

कनकाईस्थित विद्यालय संचालकको कार्यकक्षमा गोली फेला

कनकाई ,१३ मंसिर । कनकाई ८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका संचालकको टेबलमा गोली फेला परेको छ ।शनिबार राति ९ः३० बजे माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका

भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भद्रपुर, मंसिर १३ । झापाको भद्रपुरमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका ३ स्थित देउनिया पुलमुनि प्र. १–०१–०१३ प २५७९ नं. को

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान