विद्यालय खोल्न चौतर्फी दबाब

शिक्षक आन्दोलनकै बीचमा धमाधम खुल्दैछन् इलामका विद्यालय

विद्यार्थी भर्ना र परीक्षालाई कति पनि असर नहुने गरी आफ्नो वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका मेयर केदार थापाको आग्रह छ ।

इलाम, १५ वैशाख । व्यवस्थापन समिति अध्यक्ष देवराज थापाको आग्रहपछि आइतबारदेखि इलाम नगरपालिका–३ पुवामझुवास्थित विडापानी माविमा पठनपाठन सुरु भएको छ ।

‘अहिलेसम्म तपाईँहरूको आन्दोलनलाई साथ दियौ, अब अभिभावकको प्रेसर हामी थेग्न सक्दैनौ । कि त विद्यालय एक वर्षका लागि बन्द गरिदिनुहोस् कि त अब सञ्चालन गर्नुहोस् ।’ राजधानी केन्द्रित शिक्षक आन्दोलन लम्बिदैं गएपछि थापाले आफ्ना स्कुलका शिक्षक र अभिभावकहरुलाई भेला गराएर यस्तो आग्रह गर्नुभएको थियो । थापाको आग्रह स्वीकार्दै शिक्षकहरु तत्काल विद्यालय खोल्न राजी भए ।
सो विद्यालयका सहायक प्रधानाध्यापक विष्णुभक्त भण्डारी ‘आन्दोलनमै रहेर आइतवारदेखि स्कुल खोलेको’ बताउनुन्छ । अहिले विद्यार्थीको नाम लेखाउने र किताब वितरण गर्ने काम धमाधम भइरहेको भण्डारी बताउनुहुन्छ ।

त्यस्तै अभिभावकको दबाबपछि इलाम नगरपालिका—१ स्थित नेपालटार मावि पनि खुलेको छ । ‘अभिभावकहरूले हामी विद्यार्थी ल्याउँछौ भनेर भन्न थालेपछि विद्यालय खोलेको शिक्षक निर्मल तिमल्सिनाले बताउनुभयो । आइतबारदेखि नै स्कु्ल खुले पनि पठनपाठन भने सुरु भइनसकेको तिमल्सिना बताउनुहुन्छ ।

जिल्लाकै देउमाई नगरपालिकास्थित जितपुरको खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाट खुल्यो । यो स्कुल पनि अभिभावकको दबाबकै कारण खुलेको हो ।

यीमात्र होइन, इलामका धेरैजसो विद्यालय खुल्न थालिसकेका छन् । अभिभावकको दबाबपछि शिक्षकहरूले विद्यालय खोलेर नाम लेखाउने र किताब वितरण गर्ने काम सुरु गरेका हुन् । नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै आन्दोलनका लागि शिक्षकहरू काठमाडौ गएपछि नयाँ शैक्षिक सत्र सुरु हुँदा सबै विद्यालय ठप्प थिए । वैशाख आधा बित्दा पनि विद्यालय नखुलेपछि अभिभावकहरूले दबाब दिन थालेका हुन् ।

यता इलाम नगरपालिकाले शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउन आग्रह गरेको छ । नगर प्रमुख केदार थापाले विज्ञप्ति जारी गर्दै यस आन्दोलनका कारण समग्र देश भरिको विद्यालयहरुमा शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना, कक्षा सञ्चालन तथा परीक्षा लगायतका गतिविधिहरू प्रभावित भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

समयमा विद्यालय नखुलेका कारण विद्यार्थीहरूको मनोविज्ञानमा समेत असर परिरहेको साथै अभिभावकहरूमा समेत गम्भीर र संवेदनशील भएको  विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्ता समेत भइरहेकाले विद्यार्थी भर्ना र परीक्षालाई कति पनि असर नहुने गरी आफ्नो वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन समेत थापाको आग्रह छ ।

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण देशैभरका सामुदायिक विद्यालयहरु अहिलेसम्म वन्द छन् । जसका कारण वैशाखभर सञ्चालन गर्नुपर्ने विद्यार्थी भर्ना अभियान समेत अहिलेसम्म सुरु हुन सकिरहेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय