पथरी शनिश्चरे नगरस्तरीय सिंगिङ तथा डान्सिङ आइडल हुँदै

पथरी, १६ बैशाख / मोरङको पथरी शनिश्चरेमा पहिलो पटक पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ हुने भएको छ ।

 

२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा बैशाख २६ गतेबाट गायन र नृत्यको आइडल हुने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । समितिका अध्यक्ष धनराज राई अमीरले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते हसन्दह बजारमा र २७ गते पथरी बहुमुखी क्याम्पसमा हुने जनाउनु भयो । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।

 

दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको पनि अध्यक्ष राईले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

विगत ७ वर्षदेखि यसखाले कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा गत वर्ष प्रथम पोएट आइडल सञ्चालन भएको र यो वर्ष प्रथम सिंगिङ तथा डान्सिङ आइडल सञ्चालन गरिने तयारी भएको सचिव लक्ष्मीप्रसाद फूयाँलले जनाउनु भयो । पत्रकार सम्मेलनमा गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले विधागत प्रतियोगिताको सम्बन्धमा प्रष्ट्याउनु भयो । कार्यक्रममा समितिका सल्लाहकारका रुपमा रहनु भएका सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिना, पथरी शनिश्चरे सूचना संयोजक सन्तोष राईसहितका स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि

सुरक्षामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

सुर्खेत,१३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा