शिक्षक आन्दोलन स्थगित

नौ बुँदे सहमति, चालू अधिवेशनबाट ऐन पारित गर्ने प्रतिवद्धता

शिक्षकका माग पुरा गर्दा करिब ८ अर्ब रुपैयाँ दायित्व बढ्ने

काठमाडौं, १९ बैशाख / नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको काठमाडौं केन्द्रित प्रदर्शनको २९ औं दिनमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच बुधबारको वार्तामा सहमति भएको हो ।

 

शिक्षक र सरकारबीच भएको सहमतिलाई शिक्षा मन्त्री पन्तले बुधबार राति शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभएको छ । शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब रुपैयाँ दायित्व बढ्ने उल्लेख छ । देशभरबाट विद्यालय बन्द गरी चैत २० बाट शिक्षक र कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । असार १५ गतेभित्र अधिवेशनबाट ऐन पारित नभए सशक्त आन्दोलन गरिने शिक्षक महासंघले जनाउँदै सो अवधिसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको उल्लेख गरेको छ ।

 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकसँग भएको नौ बुँदे सहमति अनुमोदन गरेको छ । मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । सात बुँदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो ।

 

नेपाल शिक्षक महासंघसँग भएका सहमतिसमझदारीलाई ध्यानमा राख्दै विद्यालय शिक्षा विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आआफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न सरकारी पक्षले प्रतिबद्ध जनाएको छ ।

 

के के छन् ९ बुँदे सहमतिमा ?
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

 

२) अस्थायी प्रकृतिका शिक्षक – राहत, अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

 

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

 

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच