नेपालको पूर्वी सिमानामा छ मेचीनगर नगरपालिका । भन्सार कार्यालयसँगै काँकडभिट्टा, धुलाबारीजस्ता व्यापारमा नाम कहलिएका बजार यही नगरमा पर्छन् । त्यसैले पनि व्यापारिक महत्वका हिसावले मेचीनगरलाई देशका ठूला र नाम कहलिएका नगरहरुसँगै तुलना गर्न सकिन्छ ।
यसबाहेक स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटक पनि काँकडभिट्टा हुँदै आउने भएकाले पर्यटकीय हिसावले पनि मेचीनगर अग्रपंक्तिमै देखिनु पर्ने हो । तर, बाहिरबाट देखिने र सोचिने भन्दा मेचीनगरमा धेरै कुरा फरक देख्न सकिन्छ ।
मेचीनगर समृद्धि यात्रामा यहाँका जनप्रतिनिधिका कस्ता योजना छन् त ? ती योजना कति पूरा भए या पूरा हुने क्रममा छन् ? नगरभित्र सुशासनको अवस्था कस्तो छ ?
यसैको सेरोफेरोमा रहेर हामीले नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उपे्रती र प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीसँग छुट्टाछुट्टै वार्तालाप गरेका छौं । त्यसमध्ये आज हामी नगरप्रमुख बुढाथोकीसँगको संवाद प्रस्तुत गर्दैछौं । ( हेर्नुहोस् भिडिओ )









