आज दिनभरको मौसम: भारी वर्षाको सम्भावना

 

 

काठमाडौं काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा पानी परेको छ। बिहीबार रातिदेखि पानी पर्दा पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।

काठमाडौं उपत्यका आसपासका डाँडाहरुमा हिमपात भएको छ। अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा वर्षा भइरहेको छ।

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ।

 

महाशाखाले पश्चिम तराईका केही स्थानहरुमा लागेको हुस्सु/ कुहिरो मध्याह्नपछि क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ।

त्यस्तै मध्य र पूर्वी तराइमा हस्सु र कुहिरोको सम्भावना नरहेको जनाइएको छ।

 

बिहानको समयमा देशका पश्चिमी तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको र मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

 

मौसमविद्हरुले आज दिनभर काठमाडौं उपत्यका र देशका धेरै स्थानमा पानी पर्ने र रोकिने क्रम चलिरहने बताएका छन्। केही बेर आकाश खुलेर घाम लागेको भए पनि मध्याह्नपछि भने पानी परिरहेको छ। शनिबार पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको