दमक, २२ बैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल अघि बढाइने भएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाइने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारको वार्षिक सो नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनपछि छलफल गरिने छ ।









