बिपद् व्यवस्थापनको सवाल

बिपद् व्यवस्थापनको रणनीतिक योजनामा गौरादह

गौरादह नगरपालिकाले पनि बिपद् मनसुन व्यवस्थापन प्रतिकार्य योजनाहरु बनाउँदैछ ।

गौरादह, २२ बैशाख / बिपद् कहिले आउँछ भनेर थाहा हुँदैन । त्यसैले सधैं तयार रहनु, जानकारी हाँसिल गर्नु र मिलेर काम गर्नु नै सुरक्षित समाजको आधार पनि हो । यसैलाई मध्यनजर गर्दै झापाको गौरादह नगरपालिकाले बिपद् व्यवस्थापनका लागि बिभिन्न रणनीतिक योजनाका साथ काम गर्ने भएको छ ।

 

बिपद् कतिबेला आउछ पत्तो हुन्न । नेपालमा हावाहुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम छ । दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावाहुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ ।
त्यसैले बिपद् जोखिम न्यूनीकरण गर्न तहगत सरकारको सञ्जाललाई सक्रिय बनाउन आवश्यक ठानेर झापाको गौरादह नगरपालिकाले पनि बिपद् मनसुन व्यवस्थापन प्रतिकार्य योजनाहरु बनाउँदैछ । बिपद् विरुद्ध स्थानीय स्रोत र साधनको उपयोग गर्ने र स्थानीय तहका आवश्यक संयन्त्रलाई क्रियाशील बनाउन जोड दिईने गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी बताउनुहुन्छ ।

 

नगर प्रमुख सुवेदीका अनुसार नगर भित्रका रतुवा, कमल, गेउरिया, रामचन्द्रे, कृष्णे लगायतका साना तथा ठुला नदिहरुले मनसुनजन्य बिपद् निम्त्याउन सक्ने भएकाले त्यसको रोकथामका लागि अग्रिम तयारी थालिने छ । यस्तै वडा/वडामा बिपद् व्यवस्थापन समिति निर्माण गरि उच्च जोखिममा रहेका बस्तीहरुको समयमै पहिचान गरि त्यसको व्यवस्थापनमा नगर लाग्ने उहाँले बताउनुभयो । यस्तै, नेपाल रेडक्रस सोसाईटी उपशाखा गौरादहका सभापति सञ्जिव कार्की बिपद् व्यवस्थापनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ ।

 

 

बिपद्मा धनजनको क्षति र मानवीय संवेदनशीलता बढ्दै गएमा बिपद् जोखिम न्यूनीकरणका आपतकालिन योजना र रणनीतिलाई कार्यान्वयन गर्ने, जोखिमको स्थानलाई रेखांकन गर्ने, सो स्थानमा रहेको धनजनको सुरक्षित स्थानमा स्थानान्तरण गरी मानिसलाई अति आवश्यक सुविधा उपलब्ध गराउने र संवेदनशील अवस्थाको सतर्कताका लागि प्रभावित आम नागरिकलाई सूचना प्रवाह गर्ने एवं संवेदनशील स्थितिको गाम्भीर्यतालाई तहगत सरकारबीच निरन्तर सूचना प्रवाह गर्ने जस्ता काममा जिल्ला र स्थानीय बिपद् व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ गौरादहका स्थानीयवासी माधव भट्टराईको ।

 

 

बिपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शको उपयोग गर्ने, बिपद्पछि हुने संवेदनशील अवस्था न्यूनीकरण गर्न आम संयन्त्र परिचालन गर्ने र आवश्यकता आंकलन गरी थप सहयोगको आवश्यकताका लागि स्थानीय सरकारले आफ्‌नो जिम्मेवारी वोध गर्नुपर्ने र नागरिक मञ्च, अभियन्ता, गैरसरकारी संस्था र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने स्थानीयहरुको सुझाब छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ