एजेन्सी, २३ बैशाख / इजरायलले सरकारले आफू विरुद्ध विद्रोह गरिरहेको हमास अधिनस्त गाजा क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएर हमासको विरुद्धमा फराकिलो आक्रमण गर्ने योजना बनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई नास गर्नका लागि ठूलो शक्ति परिचालन गर्ने इजरायलको नीति पारित गराउनु भएको छ । साथै उहाँले सबै बन्दी रिहा गर्ने तथा गाजाका २१ लाख जनतालाई अन्यत्र सार्न प्रयास गर्ने जनाउनु भएको छ ।
आइतबार क्याबिनेट बैठकमा इजरायली सेना प्रमुख आयल जामिरले हमासलाई परास्त गर्नका लागि प्रस्ताव राख्नु भएपछि सो प्रस्ताव पारित भएको हो । इजरायली योजनामा त्यो क्षेत्र नियन्त्रणमा लिने, गाजाका बासिन्दालाई यसको दक्षिणमा हटाउने, हमासलाई राहत वितरणमा रोक लगाउने तथा त्यस क्षेत्रमा हमासलाई प्रवेश गर्न पूर्ण रूपमा रोक लगाउने विषय छन् ।
राष्ट्र संघ र अन्य निकायले इजरायलको यो निर्णय सामान्य चलिआएको मानवीय संवेदना भन्दा बाहिरको भएको बताउँदै यसलाई स्वीकार नगर्ने जनाएका छन् । हमासले पनि इजरायलले ब्ल्याक मेल गरेको भन्दै यसलाई अस्वीकार गरेको छ । युरोपेली युनियनले यस कार्यले गाजाका बासिन्दा अझ ठूलो संकटमा पर्नसक्ने चेतावनी दिएको छ । क्याबिनेटले दुई महिनादेखि रोकिएको राहत निजी कम्पनीमार्फत वितरण गर्नेसमेत जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ खाद्यान्नका लागि सहयोगलाई निरन्तरता दिने बताउनु भएको छ ।









