उर्लाबारी, २३ बैशाख / मोरङको उर्लाबारीमा निबन्धकार–नियात्राकार युवराज नयाँघरेसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली साहित्य समाज उर्लाबारीको आयोजना र सामुदायिक विकास मञ्चको समन्वयमा आयोजित कार्यकममा धनकुटे कान्छा, प्रेम बोहोरा, रुमानी कुलुङ, नवराज भट्टराई, कृष्ण उदासी लगायतले नयाँघरेका कृतित्वका सन्दर्भमा धारणा राख्नु भएको थियो ।
निबन्धकार नयाँघरेले आफ्ना २२ कृतिमा आधारित तिनको गर्भकथाबारे बोल्नु भएको थियो । उहाँले भन्नुभयो ‘कुनै पनि लेखकको सिर्जना उसको आफ्नो भोगाइभन्दा पर हुँदैन । मैले आफ्नो लेखन पनि यही सेरोफेरोमा रहेर अघि बढाएको हुँ । मौलिकता र पहिचानको स्वादमा यस्तो रचनाको मूल्य विशेष हुने गर्छ ।’ कार्यक्रममा सहभागि जिज्ञासुहरुले नियात्राकार नयाँघरेलाई उहाँको लेखनबारे प्रश्न गरेका थिए ।
सोही कार्यक्रममा पदम लुइँटेल, रेवतीप्रसाद घिमिरे, प्रशान्त निरौला लगायतले कविता वाचन गर्नुभएको थियो ।









