स्वास्थ्य क्षेत्रमा दमकको सक्रियता

प्रोष्टेट क्यान्सर खोजपड्ताल गर्दै दमक नगर

रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने अवधारणा ।

दमक, २३ बैशाख / दमक नगरपालिका कार्यालयले नगरवासीको स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य सचेतनाका क्षेत्रमा सक्रियता देखाइरहेको छ । जस अन्तर्गत नसर्ने रोगका रुपमा समस्या बढ्दै गएको पुरुषको प्रोष्टेट क्यान्सर हुनबाट रोक्न खोजपड्ताल कार्य अघि बढाएको छ ।

 

यस क्रममा मंगलबार दमक ५ मा वडाका ५५ वर्ष माथिका पुरुषका लागि त्यहाँको आधारभूत स्वास्थ्य केन्द्रमा ‘प्रोष्टेट क्यान्सर स्क्रिनिङ शिविर’ सञ्चालन भएको छ ।

 

कार्यक्रममा बोल्दै दमक नगर प्रमुख रामकुमार थापाले हालसम्म ३० जना विशेषज्ञ डाक्टरसहित ८७ वटा बेडको नगर अस्पताललाई १ सय बेडको पुर्याउनै लागेको जनाउनु भयो । योसँगै अब ३ सय बेडको अस्पतालको प्रक्रियामा सरकारको माथिल्यो निकायसँग पहल गरिरहेको उल्लेख गर्नुभयो । वडा वडामा ल्याब सेवा समेत विस्तार गर्दै लगेको समेत जनाउँदै स्वास्थ्य क्षेत्रमा प्रगति गर्न सकेको उहाँको भनाई छ ।

 

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले भौतिक निर्माणको प्रक्रियालाई मात्र विकास नभनी स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर रोग लाग्न नदिने काम अझ महत्वपूर्ण विकास भएको धारणा राख्नु भयो ।

 

कार्यक्रममा बोल्दै दमक नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले दिनदिनै सहरी क्षेत्रमा प्रोष्टेट क्यान्सर बढ्दो अवस्थामा रहेकाले त्यसको सचेतना अपनाउने सन्देशका लागि यसखाले कार्यक्रम राखिएको बताउनु भयो ।

 

५ नम्बर वडाका कार्यवाहक अध्यक्ष खड्गबहादुर राईको अध्यक्षतामा वडा सदस्य शोभा खतिवडा बेल्बासेले कार्यक्रमको औचित्यसहित स्वागत गर्दै वडाको स्वास्थ्य प्रयासको सन्दर्भ जोड्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट