दमक आदिवासी जनजाति महोत्सव

आदिवासी जनजाति महोत्सवबाट ३ लाख रुपैंयाँ बचत

२७ लाख रुपैयाँ आम्दानी र २४ लाख रुपैयाँ खर्च भएको देखाइएको छ ।

दमक, २५ बैशाख / दमकमा गत चैत २१ गतेबाट बैशाख ५ गतेसम्म आयोजित आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०८१/८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

 

आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् दमकले आज पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार महोत्सवमा बिभिन्न शिर्षकबाट २७ लाख रुपैयाँ आम्दानी भएको देखाइएको छ भने बिभिन्न शिर्षक अन्तर्गत २४ लाख रुपैयाँ खर्च भएको देखाइएको छ ।

महोत्सवबाट ३ लाख रुपैयाँ बचत गर्न सफल भएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् दमकका अध्यक्ष अम्बर बहादुर कुमालले जानकारी दिनुभयो ।

 

यस्तै, महोत्सबमा राखिएका जातीय घरहरु मध्येका ४ वटा उत्कृष्ठ घरलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । महोत्सबमा नेवा देय दबु दमकले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो भने नेपाल कुमाल समाजले तेश्रो तथा नेपाल माझी उत्थान संघ दमकले दोश्रो पुरस्कार प्राप्त गरेको थियो ।

यस्तै, नेपाल राजबंशी सेवा समाजले महोत्सवमा निर्माण गरेको जातीय घरले पहिलो पुरस्कार जितेको छ । पहिलो, दोश्रो तेश्रो र सान्त्वना पुरस्कारको राशि क्रमश १० हजार, ८ हजार, ६ हजार र ४ हजार रहेको महासंघ नगर समन्वय परिषद् दमकका सचिव समुन्द्रा लामाले जानकारी दिनुभयो ।

 

यस्तै, महोत्सबको आयोजकले स्थानीय तिनवटा टोल विकास संस्थालाई ३० वटा कुर्सी समेत हस्तान्तरण गरेको थियो ।
पत्रकार सम्मलेनमा प्रमुख आतिथिका रुपमा रहनुभएका दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यस पटकको महोत्सवले जे जति सफलता हासिल गरेको भएपनि यसबाट सिकेका पाठले आगामी महोत्सव गर्न थप प्रेरित गरोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले स्थानीय जनप्रतिनिधि सदैब सबैका साथ र सहयोगका निम्ति तयार रहेको पनि धारणा राख्नुभएको थियो ।

 

 

महोत्सबमा जातीय घरहरु साथै बिभिन्न कला, संस्कृति र साँझ ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट