आजबाट पथरी शनिश्चरे नगरस्तरीय सिंगिङ तथा डान्सिङ आइडल

पथरी, २६ बैशाख / मोरङको पथरी शनिश्चरेमा पहिलो पटक आजबाट पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ हुने भएको छ ।

 

 

२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल हुने भएको हो । समितिका अध्यक्ष धनराज राई अमीरले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते हसन्दह बजारमा र २७ गते पथरी बहुमुखी क्याम्पसमा हुने जनाउनु भयो । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।

 

 

दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको छ ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट