सानो प्रयासको अनुकरणीय काम

स्कुल कपी पाउँदा देखिएको यो मुस्कान

दमक, २६, बैशाख । विप्पन्न परिवारका बालबालिकाहरु शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट समेत वञ्चित छन् । वर्षभरी कापि कलम किन्न समेत मुस्किल यही रहेको परिवारलाई एक वर्ष पुग्नेगरी शैक्षिक सामाग्री पाउँदा खुसी नहुने त कुरै भएन ।

राज्यले निशुल्क शिक्षा भनेको छ । तर निशुल्क शिक्षा वार्षिक रुपमा लिइने शुल्क र भर्ना गर्दा लाग्ने शुल्कमा हो । तर त्यस अतिरिक्त आवश्यक पर्ने खर्चको जोहे गर्न नसक्ने समुदाय र परिवार पनि यही छ । यही कुराको मद्यननजर गर्दै दमकमा रहेको सानो प्रयास यूवा समुहले एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गरेको छ ।

दमक स्थित वडा नं ५ मा रहेको दिपिनी आधारभूत विद्यालमा अध्ययन गर्ने ३ जना विद्यार्थीहरुको आँखा खुसी देखिएको थियो । किनकी उनीहरुले पाउँदै थीए । कपि , डटपेन पेन्सिल र एक दिन भएपनि फलफलूलको खाजा ।

यती मात्रै पाउनु पनि यी बालबालिकाहरुकालागी एउटा यूव जीत्नु जत्तिकै हो । किनी यी सामाग्रीको अभावमा उनीहरुले बेला बेला विद्यालय आउनैबाट वञ्चित हुने गरेका थीए । विद्यालयका प्रधानाध्यापक शेष कुमार निरौला भन्नु हुन्छ यी एक वर्षकालागी शैक्षिक सामाग्री पाएपछि अव उनीहरु ढुक्क भए । यसले उनीहरुमा सकरात्मक भावको सिर्जना समेत गर्यो ।

साना प्रयास यूवा समुहले आफ्नै सदस्यहरुबाट र केहि सुभचिन्तकहरुबाट आर्थीक सहयोग संकलन गरी यसखाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको समुहका अध्यक्ष छवि खतिवडाले बताउनु भयो । समुहले सामुदायीक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको शिक्षामा सुधार ल्याउन विभिन्न सहयोगका काम गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

कक्षा १–४ सम्मका विद्यार्थीहरुलाई ५– वटा कपि, डटपेन र पेन्सिल साथै कक्षा ५ देखी ८ सम्म विद्यार्थीहरुलाई ७–७ वटा थान प्रदान गरीएको थियो ।

शुक्रबार औपचारीक कार्यक्रमको आयोजना गरी वितरण गरिएको कार्यक्रमको प्रमुख अतिथी रहनु भएका संविधान सभा सदस्य दिपक कार्की भन्नु हुन्छ ‘यसले विद्यार्थीहरुमा पनि सहयोग गर्न र लिन सकिने रहेछ भन्ने भावनाको विकास हुन सक्ने र यसखाले कार्यक्रमबाट खासगरी विप्पन्न परिवारका छोराछोरीहरु ब्ढि लाभान्वित समेत हुने गरेको उहाँले उल्लेख गर्नु भयो ।

कार्यक्रममा दमक क्षेत्रका विभिन्न सामाजीक तथा शैक्षीक व्यक्तित्व , दमक नगरपालिका वडा नं ३ र ५ का वडाध्यक्ष तथा वडा सदस्यहरु ल्गायतको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट