बाल आश्रममा नैतिक शिक्षा

दमकमा नैतिक शिक्षा सिकाउदै बुद्ध बिहार

दमक | २७ बैशाख |  पछिल्लो समय बालबालिकामा नैतिकतामा कमि आएको भन्दै नैतिक शिक्षा सिकाउने अभियान सुरु भएको छ । जसको सुरुवात दमकमा भर्खरै स्थापित बुद्ध बिहारले गरेको छ ।

सो अभियान अन्तरगत शनिबार बिहारले दमक ९ मा रहेको बाल बृदाआश्रममा कार्यक्रम सम्पन्न गरेको छ ।

 

बिहारका गुरुले बुद्धका वाणी सहित नैतिक शिक्षाका बारेमा आश्रममा रहेका २८ जना बालबालिकालाई प्रदान गरिएको थियो ।

नैतिकता बढाउन र सिकाउन यसखालको सन्देशमुलक कार्यक्रम आयोजना गरिएको बिहारका दमक सचिव कमल उदासले जानकारी दिनुभयो ।

२६४९ औ बुद्ध जयन्तीको अबसर पारेर सम्पन्न गरिएको सो कार्यक्रममा बिहारमा आवद्ध सदस्य , पदाधिकारी तथा आश्रमका सबै बालबालिका र पदाधिकारीहरु सहित सामुहिक भोजन त्यही पकाएर सगसगै ग्रहण समेत गरिएको उदासले जानकारी दिनु भयो ।

बिहारले बुद्ध जयन्तीको अबसरमा आइतबार दमक नगरपालिकामा रहेको बुद्धको मुर्तिमा माल्यर्पण गर्ने र २९ गते बुद्ध जयन्तीका दिन शान्ती पथयात्रा गर्ने साथै विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट