दमक खेलकुद महोत्सव

आजमात्र औपचारिक उद्घाटनः ‘खेलकुदबाट नगरवासीलाई जोड्ने’

दमक, २७ बैशाख / दमकमा खेलकुद महोत्सवको आज औपचारिक उद्धघाटन गरिएको छ ।

 

 

दमक खेलकुद महोत्सबको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै उहाँले दमकलाई खेलकुदका माध्यमबाट सबैसँग जोड्न पनि यो खेलकुद महोत्सब फलदायी हुने उल्लेख गर्नुभयो । उहाँले सानै उमेरबाट खेलकुदका माध्यमबाट स्वस्थ रहन र राष्ट्रको हितका लागि पनि सबैलाई समेट्ने प्रयास नगरपालिकाले गरेको धारणा राख्नुभयो ।

 

यस्तै, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले खेललाई उत्पादनसँग जोड्ने र खेलाडीको पहिचान गर्ने उदेश्य राखेर यस किसिमको महोत्सबको आयोजना गरिएको बताउनुभयो । महोत्सबले खेलको पहिचान र दमकलाई खेलको माध्यमबाट सबैतिर चिनाउने आफुहरुको उदेश्य रहेको भट्टराईले बताउनुभयो ।

 

 

औपचारिक रुपमा आज उद्धघाटन भएपनि महोत्सव अन्तर्गतका क्रिकेट २४ र र फुटबल २५ गतेबाट नै सुरु भएका थिए । महोत्सवमा बिभिन्न बिधागत खेलका फरक/फरक प्रतिपर्धा हुने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीम चौलागाईले जानकारी दिनुभयो ।
दमकमा पहिलो पटक भएको यो महोत्सवले दमकमा १० वटै वडाका खेलाडीहरु बिच प्रतिष्पर्धा हुने खेल संयोजक तारा अधिकारीले जानकारी दिनुभयो । उहाले ग्रास रुटदेखि नै खेलाडी उत्पादन गर्ने सोच रहेको बताउनुभयो ।

 

 

महोत्सब सम्पन्न गर्न कुल २२ लाख रुपैया लाग्ने र २० लाख रुपैया दमक नगरपालिकाले बिनियोजन गरिदिएको महोत्सव संयोजक अधिकारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट