दमकमा सडक दुर्घटना

एकजनाको मृत्यु, अर्का सिकिस्त

दमक, २८, बैशाख । झापाको दमकमा गएराति भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एकजना सिकिस्त घाईते भएका छन् ।

 

गएराति सवा १० बजे दमक १ स्थित रबि स्टेन गेट अगाडि बेलडाँगीबाट दमक चोक तर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगी तर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

ट्रकको ठक्करबाट स्कुटर चालक ताप्लेजुङ दोभान घर भई हाल दमकस्थित दमक थकाली किचन घरमा कार्यरत २२ बर्षका अँकित लिम्बुको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिकले जानकारी दिएको छ । स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका ४ कि ४२ बर्षीया सृजना राई गम्भिर घाईते भएकी छन् ।

 

उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । ट्रक चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको र ट्रक र स्कुटर दमक प्रहरीको नियन्त्रणमा रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट