दमक, २८, बैशाख झापामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गएराती करीव साढे ११ बजे कन्काई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ का कविराज हेमरनले आफ्नो श्रीमती वर्ष ३४ की पुजा हेमरनलाई धारीलो हतिययार खुकुरी प्रहार गरी आफ्नै कोठामा हत्या गरेका हुन ।
सामान्य झै–झगडाका कारण हत्या भएको र हत्या गरी फरार हुने क्रममा श्रीमान बविराजलाई प्रहरीले सुरुङ्गा सडकबाट पक्राउ समेत गरेको छ ।
घटनास्थलबाट प्रहरीले खुकुरी जफत गरेको छ भने शवलाइ पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।









