दूधको मूल्य

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन डीडीसीको प्रस्ताव

 

 

काठमाडौं दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ। माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपैयाँ बनाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन मन्त्रालयमा प्रस्ताव गरेको हो। यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गर्थ्यो। डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको बताए।

डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए। हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ।

मूल्य वृद्धि गर्ने १० रुपैयाँमध्ये प्रतिलिटर सात रुपैयाँ किसानलाई र तीन रुपैयाँ डेरी उद्योगीलाई जान्छ।राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको प्रतिवेदनअनुसार किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाइएको छ।

प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ। त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपैयाँ कायम गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो