लेटाङको आगलागीमा २५ लाखको क्षति

पथरी, ३१ बैशाख / उत्तरपूर्वी मोरङको लेटाङमा रहेको मार्केटमा आज बिहान आगलागी हुँदा २५ लाख बढी रुपैयाँ बराबरको क्षति भएको छ ।

 

लेटाङ नगरपालिका ३ वीपी चौकस्थित डिल्ली पोखरेलको पक्की घरको पहिलो तलामा सुरजकुमार साहले खोलेको ताज सिम्पल मार्केटमा बिजुलीको लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ५ थान फ्रिज, खाद्यान्न सामग्री, बेकरी सामग्री र अन्य विभिन्न पेय पदार्थ समेत गरी करिब २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

 

बिहान ३ बजे लागेको आगो दमकल, इप्रका लेटाङबाट खटिएका प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा ३.३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।