दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सम्पन्न

पुरुष फुटबलतर्फको च्याम्पियन बन्यो देवीगञ्ज एफसी

पथरी, ३१ बैशाख / दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीले हात पारेको छ ।
पथरी शनिश्चरेवडा नम्बर १ स्थित जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा सम्पन्न भएको फाइनल खेलमावडा नम्बर २ को देवीगञ्ज एफसीले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडन डेथमा पराजित गर्दै उपाधि चुमेको हो ।

 

खेलको निर्धारित समयमा दुवै टिमबाट एक– एक गोल भएपछि खेल ट्राईबेकार (पेनाल्टी सुट आउट) हुँदै सडन डेथ’ तर्फ धकेलिएको थियो । सो खेलको म्यान अफ दी म्याच देवीगञ्ज एफसीका खेलाडी जोसन कार्की घोषित बन्नुभयो । प्रभात सामुदायिक फुटबल क्लबका किपर समीर क्षेत्रीले गोल्डेन बुट’ जित्नुभयो ।

 

पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नेपाल शिक्षक महासंघ पथरी शनिश्चरेका अध्यक्ष अर्जुनकुमार बुढाथोकीलगायतका अतिथिहरुले नगदसहित मेडल तथा ट्रफीसहितको पुरस्कार प्रदान गर्नुभयो ।

 

बैशाख २० गतेदेखि सञ्चालन भएको महोत्सव अन्तर्गत फुटबल (पुरूष र महिला), भलिबल, (पुरूष र महिला) क्रिकेट, पौडी, भारत्तोलन, म्याराथन, लगायतका विभिन्न खेलकुदका विभिन्न विधाहरूमा विजयी खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो ।

 

समापन समारोहमा नगर खेलकुद महोत्सवका अवसरमा खेलकुदका विभिन्न विधा हरूमा विजयी खेलाडीहरूलाई बैंक खातामार्फत नगद पुरस्कार प्रदान गरिने पनि नगर खेलकुद समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जानकारी गराउनुभयो ।

 

फुटबल (पुरूष) तर्फ प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिएको छ भने प्रत्येक म्याचमा दुई हजारका दरले म्यान अफ दी म्याच घोषित खेलाडीलाई पुरस्कृत गरियो । गोल्डेन बल, गोल्डेन बुट र गोल्ब्स विधाहरूका विजयी खेलाडीहरूलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरियो । यसैगरी, महिला फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई १५ र ७ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

 

यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले पुरस्कृत गरिएको छ । बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर, बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३ हजारका दरले नगदसहित ट्रफी प्रदान गरिएको थियो भने म्यान अफ दी म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरियो । यसैगरी, क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिएको छ ।

 

म्याराथन प्रतियोगिताका पुरुष तथा महिला दुवै प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार, ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । कराँतेतर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिएको छ । यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्तन हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४ हजार ५ सय, ३ हजार ५ सय र २५ सयका दरले पुरस्कृत गरिएको छ ।

 

नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा वडाध्यक्षहरू भीमकुमार राई, नैना साम्पाङ राई, विजय लिम्बु, लोककिरण न्यौपाने, नवीनजंग कार्की, वीरबहादुर राई, जीवन खतिवडा, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु