पूर्वराजाको परिवारबाट सरकारलाई २९ करोड आम्दानी

जसमध्ये ६ करोड ९५ लाख १९ हजार खर्च भएको प्रतिवेदन छ ।

दमक, १ जेठ / तत्कालीन राजा वीरेन्द्र शाह र उहाँको परिवारको सम्पत्तिबाट सरकारलाई झण्डै २९ करोड रुपैयाँको आम्दानी भएको छ ।
पूर्व राजपरिवारको नाममा रहेको नेपाल ट्रष्टको कार्यालयबाट यसवर्ष सरकारलाई २८ करोड ८० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको देखिएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ ।

 

 

महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा ट्रष्टले व्याज र लिज भाडाबापत सो रकम आम्दानी गरेको उल्लेख छ । प्रतिवेदनमा ट्रष्टले यो वर्ष ब्याजबापत १४ करोड ८० लाख आम्दानी र लिज भाडाबापत १० संस्थाबाट १४ करोड १ लाख ५५ हजार आयआर्जन गरेको लेखिएको छ । जसमध्ये ६ करोड ९५ लाख १९ हजार खर्च भएको प्रतिवेदन छ ।

 

 

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यको निधन भएपछि सो परिवारको नाममा रहेको र हक पुग्ने सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्टको कार्यालय स्थापना भएको थियो । ट्रष्टको स्थापनाकालदेखि हालसम्म विभिन्न १२ जिल्लामा २१ हजार ६३३ रोपनी १५ आना जग्गा ट्रष्टको स्वामित्वमा छ । यस्तै विभिन्न वाणिज्य बैंकमा ब्रिटिस पाउण्ड ५४ हजार २८९, अमेरिकी डलर १ लाख ७३ हजार ६२६ र १ अर्ब ६८ करोड ३ लाख ५० हजार मौज्दात रहेको जनाइएको छ ।

 

ट्रष्टको नाममा नबिल बैंक, होटल डेला अन्नपूर्ण र राष्ट्रिय वाणिज्य बैंकको समेत १२ लाख ९९ हजार ७३५ कित्ता सेयर रहेको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा उल्लेख छ । महालेखाले ट्रष्टको नाममा रहेको जग्गा जमिन तथा भवनहरू नेपाल ट्रस्ट ऐनमा गरिएको व्यवस्थाअनुरूप उपयोग गर्न सुझाव दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट